सुरेश राय
सिरहा, ३० फागुन । दुलहा सहित जन्ती बोकेको कार रुखमा ठोकिदा एक जनाको मृत्यु भएको छ । दुलहा सहित चार जना घाइते भएका छन्, जसमध्यय एको अवस्था गम्भिर रहेको छ । जतिबोकेर धनुषाको कमला नपा १ बेतहाबाट सिरहाको लक्ष्मीपुर पतारीको लागि आउँदै गरेको बी.आर ०७ एम ३०६३ नम्बरको भारतिय नक्वरको कार वीतेराती चोहर्वा सिरहा सडकको नरहा गापा ३ खोरियानजीक रुखमा ठोकिंदा दुलहाको दाजु २२ वर्षिय धिरज मण्डललको मृत्यु भएको हो ।
प्रहरीका अनुसार दुलहा रोशन मण्डल, अन्दाजी बर्ष १२ का आयुष मण्डलको अबस्था सामान्य रहेको प्रहरीको भनाई रहेको छ । गम्भिर घाइते २७ वर्षिय सोभलाल मण्डललाई थप उपचारका लागि बिराटनगर लगिएको जनाएको छ ।
गाडिका चालक फरार रहेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । प्रहरीले अत्यधिक गतिका कारण दुर्घटना भएको अनुमान गरेपनि घटनाबारे थप अनुसन्धान भईरहेको र ड्राइभरको खोजी भईरहेको जनाएको छ ।