चौदण्डीगढी गोल्डकप : कटारी र सप्तकोशी फाइनलमा

    • फाल्गुन २९, २०७८
    • ५५० पटक पढिएको
    • गमक पाेस्ट
    alt

    उदयपुर, २९ फागुन । उदयपुरको चौदण्डीगढी नगरपालिकामा जारी ‘चौदण्डीगढी गोल्डकप २०७८ मा कटारी र सप्तकोशी फाइनल चरणमा प्रवेश गरेका छन् ।

    आइतबार सम्पन्न दुई खेलमा कटारी नगरपालिका र सप्तरीको सप्तकोशी नगरपालिकाबाट सहभागी दुई टिमले फाईनल सम्मको यात्रा तय गरेका हुन् ।

    आइतबारको पहिलो खेलमा झापाको दमक फुटबल एकाडेमीलाई १–० ले पराजित गर्दै उदयपुरको कटारीले आफूलाई सुरक्षित गरेको थियो । कटारीको तर्फबाट बिदेसी खेलाडी नेकोलले गरेको १ मात्र प्रहार निणार्यक गोल बन्न पुग्यो । जर्सी नम्बर १२ सहित मैदान छिरेका नेकोलले मध्यान्तर अघिको ४ मिनेटमै गोल प्रहार गरेका थिए ।

    बिपक्षी झापाले भने कुनै पनि गोलर हित खेलमैदानबाट निस्कनु परेको थियो । दोस्रो खेल उदयपुरको त्रियुगा नगरपालिका १० बोक्सेस्थित फ्यूजन फुटबल क्लव र सप्तरीको सप्तकोशी नगरपालिकाबाट सहभागी टिम बीच प्रतिस्पर्धा भएको थियो । त्यसैगरी बिदेशी खेलाडीकै सहायतामा सप्तकोशीले पनि १ मात्र गोल प्रहार गरेको थियो । १–० कै गोलान्तरमा टुंगीएको दोश्रो खेलमा पनि जर्सी नम्बर १९ का बिदेशी खेलाडी इगोजेले ५८ औ मिनेटमा निणार्यक गोल प्रहार गरेका थिए ।

    मैदानमा प्रतिस्पर्धारत चारै टिमले व्यवसायिक बिदेशी खेलाडीलाई मैदान उत्रारेका थिए । बिजयी कटरी र सप्तकोशी दुवैको अन्तिम फाईनल खेल चैत १ गतेसम्म चल्ने आयोजक कमिटीका आनन्ददेव चौधरीले जानकारी दिए । गोल्डकपमा ८ टिम सहभागी रहेका थिए । विजेताले नगद २ लाख ५० हजार पाउनेछन । त्यस्तै उपविजेताका लागि भने १ लाख ५० हजार नगद सँगै शिल्ड र प्रमाणपत्र समेत व्यवस्था गरिएको आयोजक समितिका चौधरीले जानकारी दिए । चैत १ गते दुवै टिम मध्ये कसरीले उपाधि चुम्ने हो हेर्न बाँकी छ ।pk-farnichar GBR

     

    राई नेतृत्वको जसपाले ...

    काठमाडौं, २५ बैशाख। जसपा नेपालबाट फुटेर अशोक राईको ...

    ५० केजी गाँजासहित भा ...

    बिशाल बस्नेत महोत्तरी, २४ बैशाख। महोत्तरी प्रहरीले ५० ...

    मालपोत कार्यालय तौलि ...

    सिरहा, २४ बैशाख। अख्यिार दुरुपयोग अनुसन्धान आयोगले कपिल ...

    ‘दरिद्र भयो स्कूल !’ ...

    चन्द्रकिशोर झा माघको अन्तिम सातातिर रौतहटको दुर्गा ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल