३ स्वर्ण, ३ रजत र १ कास्य पदक जित्दै गोलबजार डोजो टिम प्रथम

    • फाल्गुन २९, २०७८
    • ६८० पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, २९ फागुन । दमक नगरपालिका दमक खेलकुद बिकास समिति झापाको आयोजनामा चैत २७ देखि २९ गतेसम्म सञ्चालित प्रथम मेयर कप राष्ट्रिय कराते प्रतियोगिता २०७८ मा गोलबजार नगरपालिका ३ स्वर्ण, ३ रजत र १ कास्य पदक जित्दै टिम प्रथम भएका छन् ।
    गोलबजारका लागि ६० केजीभन्दा माथि समूहका सरोज पासवान, महिला तर्फ प्रौसिया चौधरी ४५ केजी र सबिना मगर ५५ केजी सहित तीनजनाले स्वर्ण पदक, अनुजा राना मगर, परिना शाही ठकुरी र बब्लु राइनले रजत पदक र निश्चल पुलामी मगरले कास्य पदक जितेर टिम प्रथम बनाएको हो ।
    खेलाडीहरुको कडा मेहनत र परिश्रमले आफ्नो टिम र जिल्लाको नाम उच्च बनाएको कराते प्रशिक्षक कसम लामाजे बताए । गोलबजार डोजोका सवै खेलाडी आ–आफ्नै खर्चमा दकम पुगेको बताइएको छ ।
    प्रतियोगिता टिम दोस्रो धनगढी उपमहानगरपालिका ३ स्वर्ण र ४ कास्य पदक जितेका छन् भने टिम तेस्रो धरान उपमहानगरपालिकाले २ स्वर्ण र १ रजत पदक जितका थिए ।

    vacancy announcement

    सबै पक्षलाई प्रेस तथ ...

    काठमाडौं, २१ बैशाख। राष्ट्रिय मानव अधिकार आयोगले संवि ...

    सिरहामा आफ्नै छोराको ...

    सिरहा, २१ बैशाख। सिरहा प्रहरीले आफ्नै बुवाको कुटपीटगरी ...

    सर्लाहीमा आगलागी, ६५ ...

    फाईल फोटो। सर्लाही, २० बैशाख। सर्लाहीमा आज फेरी भिषण अ ...

    गोलबजारका किसानलाई ५ ...

    सिरहा, २० बैशाख। गोलबजार नगरपालिकाले ५० प्रतिशत अनुदानम ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल