विशाल बस्नेत

महोत्तरी, २८ फागुन । लुम्बिनी बौद्ध विश्वविद्यालय र बर्दिबास नगरपालिकाबीच शैक्षिक सहकार्यको लागी अन्तर्कृया समपन्न भएको छ । 

मधेश प्रदेशका ८ वटै जिल्लाको सुझाव संकलन गर्ने उदेश्यले बर्दिबास नगरपालिकाले आज अन्तकृया कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा ८ वटै जिल्लावाट उल्लेख्य सहभागीता रहेको थियो । मधेश प्रदेशका  जिल्लावाट सहभागी भएकाहरुले लुम्बिनी विश्वविद्यालयसँगको शैक्षिक सहकार्यलाई प्रभावकारी बनाउन कसरी अगाडि बढने भन्ने समबन्धमा सुझाव पेश गरेका छन ।333

कार्यक्रमका प्रमुख अतिथी तथा पूर्व शिक्षा, बिज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बौद्ध दर्शनमा आधारित शिक्षालाई व्यवसायीकतर्फ पनि ध्यान दिनुपर्नेमा जोड दिए ।

बौद्ध दर्शनमा आधारित शिक्षाले व्यक्तिलाई नैतिकवान मात्र हैन व्यवसायिक र रोजगारका हिसाबले लाभ हुने खाल्को पाठयक्रम तयार गर्नुपर्ने नेता पोखरेलको भनाइ छ ।

लुम्बिनी विश्वविद्यालय र बर्दिबास नगरपालिकाबीच एकअर्कोलाई समान्ता, सअस्तित्व, बन्धुत्व, समान हितको नीतिभित्र रही दीर्घकालीन आफसी बिकाशका लागी एकअर्काको सहयोगी र आफसी साझेदार बन्न ११ फाल्गुनमा समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

एक बृहत उच्च शैक्षिक नगरकोरुपमा विकशित गर्ने उदेश्यले समझदारी भएको उक्त सम्झौतामा मधेश प्रदेशको आर्थिक, सामाजिक एव ऐतिहासिक महत्वलाइ संरक्षण गर्नु  मुख्य उदेश्य रहेको सम्झौतापत्रमा उल्लेख छ ।

बर्दिबास लगायत मधेश प्रदेशको दिगो विकाश तथा वातावरण व्यवस्थापनसग समबन्धित शैक्षिक कार्यक्रम मार्फत जीवनयापनको लागी आयआर्जन र रोजगारीमुलक क्रियाकलाप संचालन गर्ने प्रतिबद्धता सहित समझदारीपत्रमा हस्ताक्षर भएको नगरप्रमुख बिदुर कार्कीले बताए ।

यता लुम्बिनी बौद्ध बिस्वबिध्यालयको शैक्षिक सहकार्य औपचारिकरुपमा अगाडी बढेकोप्रति विश्वविद्यालयका  डिन डा. उकेशराज बुजु र उपकुलपति प्रा.डा. हृदयरत्न ब्रजाचार्यले आवस्यक सहयोगको लागी सधैभरी तयार रहेको विश्वास दिलाए ।

१४ -१६ मंसिर २०५५ मा लुम्बिनीमा भएको विश्व बौद्ध शिखर  सम्मेलनले पारित गरेको घोषणापत्रका आधारमा १४ मंसिर २०६१ मा अध्यादेश मार्फत र २० कात्तिक २०६३ मा ऐन मार्फत लुम्बिनी विश्विद्यालयको स्थापना भएको हो ।pk-farnichar GBR