वीरगञ्ज, २५ फागुन । पर्सा प्रहरीले शरीर बन्धक, ज्यानमार्ने उद्योग तथा जबरजस्ती करणी सम्बन्धी कसूरमा २ जनालाई नियन्त्रणमा लिएको छ । गत फागुन ९ गते पर्सा जिल्ला निवासी ४६ वर्षीय एक महिलालाई आफ्नै श्रीमान र कान्छी श्रीमतीले अन्यको सहयोगमा बन्धकबनाए कुटपिटका साथै गुप्ताङ्गमा लठ्ठी पसाएको अभियोगमा धोबिनी गाउँपालिका ५ का ५१ वर्षीय महादेव भन्ने शेराजुल र ५० वर्षीय जोहरा खातुनलाई पक्राउ गरेको हो ।
पीडित महिलाको उजुरीको आधारा प्रहरीले अनुसन्धान सुरु गरेको थियो । उक्त घटनाको वारदात पश्चात फरार रहेको प्रतिवादीमध्ये २ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी डिएसपी ओम प्रकाश खनालले जानकारी दिए ।
उनीहरु विरुद्ध शरीर बन्धक, ज्यानमार्ने उद्योग तथा जबरजस्ती करणी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान भईरहेको र बाँकीको खाजी कार्य जारी रहेको जनाएको छ ।