वीरगञ्ज, २४ फागुन । अवैध रुपमा ल्याएको सालको काठसहित २ जनालाई ईलाका प्रहरी कार्यालय कोल्हवीले पक्राउ गरेको छ । बाराको कोल्हवी नगरपालिका ६ अधनवा बजारस्थित अनिषा सः मिल तथा फर्निचरमा बनबाट ल्याएको अवैध सालको काठ छ भन्ने सूचनाको आधारमा खटिएको टोलीले काटसहित २ जनालाई पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय कोल्हीबाट प्रहरी सहायक निरीक्षक धनिकलाल ठाकुरको नेतृत्वमा सब डिभिजन बन कार्यालय कोल्हवी र सशस्त्र प्रहरी बल कोल्हवीको संयुक्त टोलीले ७ थान झ्याल, २ थान ढोका, १२ थान चौकस, गोलाई ४ थान र ६ थान चिरेको ६२.१५ क्युबिक फिट काठ बरामद गरेको हो ।
बरामद काठ सब डिभिजन बन कार्यालय कोल्हवीमा राखिएको छ भने पक्राउ परेका रौतहटको गुजरा नगरपालिका ७ पल्टुवा बस्ने लक्ष्मण ३२ वर्षीय कुन्दन चौधरी र रौतहटको कटहरिया नगरपालिका ९ डुमरिया बस्ने २४ वर्षीय रामसागर राहलाई सहजनाथ बन डिभिजन कार्यालय मधुवनमा राखिएको छ ।