सृजना स्कूलको इन्टर हाउस ‘७–ए साइड’ छात्र–छात्रा फूटवल टुर्नामेन्ट सम्पन्न

    • फाल्गुन २४, २०७८
    • ८९७ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, २४ फागुन । सृजना सेकेन्ड्री बोर्डिङ्ग स्कूल गोलबजार ६ को इन्टर हाउस ‘७–ए साइड’ छात्र तथा छात्रा फूटवल टुर्नामेन्ट मंगलबार सम्पन्न भएको छ । अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर आफ्नै हाताभित्रको खेलमैदानमा सम्पन्न टुुर्नामेन्टमा छात्रा तर्फको ‘ब्लु हाउस’ र छात्र तर्फ ‘ह्वाईट हाउस’ विजयी भएका छन् ।gal shreejana school  1
    छात्र तर्फ रेड र ह्वाईट हाउसविच भएको फाईनल खेलमा ह्वाईट हाउस सून्यको विरुद्ध एक गोल गर्दै विजयी भएको हो । फाईनल खेलमा ह्वाईट हाउसका तर्फबाट अरविन्द्र खड्कीले एक गोल गरेका थिए । सोही गोलले ह्वाईट हाउसलाई प्रथम पुरस्कार दिलाउन सफल भएको हो ।
    छात्रा तर्फ ब्लु र ग्रिन हाउसविच समयवधिभर भएको खेल बरावरीमा टुङ्गिएपछि ट्राईबेकरमा ब्लुहाउस विजयी भएको हो ।
    विजयी टिमलाई ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिएको स्कूलका शिक्षक कञ्चन थापा मगरले जानकारी दिए । महिला दिवसको अवसर पारेर आयोजना गरिएको प्रतियोगिताका सवै पुरस्कार तथा ट्रफिहरु विद्यालयका शिक्षिकाहरुले प्रदान गरेको जनाए ।
    प्रतियोगिताको उतकृष्ट छात्रा खेलाडी अमिशा श्रेष्ठ र छात्र तर्फ अरविन्द्र खड्की घोषित भएका छन् ।
    प्रतियोगितामा छात्र तथा छात्रा दुवैबाट ह्वाईट, ग्रिन, रेड, ब्लु, एलो हाउस गरी पाँच–पाँच टिम सहभागी रहेका थिए ।

    सबै पक्षलाई प्रेस तथ ...

    काठमाडौं, २१ बैशाख। राष्ट्रिय मानव अधिकार आयोगले संवि ...

    सिरहामा आफ्नै छोराको ...

    सिरहा, २१ बैशाख। सिरहा प्रहरीले आफ्नै बुवाको कुटपीटगरी ...

    सर्लाहीमा आगलागी, ६५ ...

    फाईल फोटो। सर्लाही, २० बैशाख। सर्लाहीमा आज फेरी भिषण अ ...

    गोलबजारका किसानलाई ५ ...

    सिरहा, २० बैशाख। गोलबजार नगरपालिकाले ५० प्रतिशत अनुदानम ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल