सिरहा, १७ फागुन । भूमिहिनहरुको हातैमा लालपुर्जा पुर्याउने गरी भूमि आयोगले काम सुरुगरेको राष्ट्रिय भूमी आयोगका उपाध्यक्ष नरेन्द्र खड्काले बताएको छन् । सिरहाको गोलबजारमा मंगलबार भुमिहिन दलित, भुमिहिन सुकुम्वासी र अव्यवस्थित बसोबासीको स्थानीय तहबाट लागत संकलन सम्वन्धि अन्तकृया तथा सम्झौता कार्यक्रममा कतिपय जटिल प्रकृयाहरुलाई संशोधन गरीसकेकोले अव समयमै भूमिहिन सुकुम्वासीहरुले जग्गा पाउने बताएका हुन् ।
नेपालको संविधानले नै एकपटकलाई दलित, गरिव सुकुम्वासीलाई जग्गा र बसोवासको व्यवस्था गर्ने भनेको बताउँदै उपाध्याक्ष खड्काले संविधानको भावना अनुसार आफूहरुले काम अगाडी बढाएको बताए । उनलेभने, ‘हामीले तत्काललाई पूर्वी तराईका गरिव दलित तथा पश्चिका ९१ स्थानीय तहलालाई प्राथमिकतामा राखेर काम गरिरहेका छौं, यसमा स्थानीय तहको पनि महत्वपूण योगदान रहनु पर्छ ।’
आयोगका अघिल्ला समितिले हचुवाको भरमा काम गरेकाले खासै प्रगति गर्न नसकेको आरोप लगाए । उनले भने, ‘अघिल्लो आयोगले हल्ला गरेजस्तो खासै काम गर्न सकेन, उहाँहरुले काम भन्दा बढी हल्ला गर्नुभयो, एक थान नक्सा समेत पास गराउन सक्नु भएन ।’
साही क्रममा उपाध्यक्ष खड्काले आयोग र सिरहाका तीन पालिकाविच सम्झौतामा हस्ताक्षर गरेका छन् । गोलबजार, कर्जन्हा नगरपालिका र अर्नमा गाउँ पालिकाविच आज सम्झौता भएको छ । सम्झौता पछि आयोगद्वारा निर्देशित कामगर्ने बाटो खुलेको खड्काले बताए ।
कार्यक्रममा गोलबजार नगरपालिकाका मेयर देवनाथ साह, उपाध्यक्ष रेशम कुमारी थापा, कर्जन्हा नगरपालिका उपाध्यक्ष ज्ञानु कुमारी श्रेष्ठ, अर्नमा गाउँ पालिका अध्यक्ष ठक्कु महतो लगाएतको उपस्थिति रहेको थियो ।