वीरगञ्ज, १७फागुन । समान कामको समान ज्याला पाउनुपर्ने मागँ गर्दै आंशिक प्राध्यापकहरु आन्दोलनमा उत्रिएका छन् । नेपाल आंशिक प्राध्यापक संघ केन्द्रीय संघर्ष समितिको निर्णय बमोजिम ठाकुरराम बहुमुखी क्याम्पस ईकाई समिति वीरगञ्जले पनि विरोध स्वरुप शैक्षिक गतिविधि बहिस्कार गरेको हो ।
संघका ठाकुरराम क्याम्पस ईकाई समितिका अध्यक्ष तेजनारायण यादवले केन्द्रिय समितिको निर्णय अनुसार ठाकुरराम क्याम्पसका विभिन्न शाखाहरुमा तालाबन्दी गरिएको जानकारी दिए ।
त्रिभुवन विश्वविद्यालय मातहतका सम्पुर्ण आंगिक क्याम्पसहरुको लेखा शाखा, प्रशासनिक शाखा र क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरिएको आंशिक प्राध्यापक संघ ठाकुरराम क्याम्पस ईकाई समितिका सचिव मुक्त भुषालले बताए ।
यसअघि पनि आंशिक प्राध्यापकहरुले पारिश्रमिक समान रुपमा पाउनुपर्ने माग गरेकाथिए । यद्यपी धर्ना तथा तालाबन्दी गरेर सहमति भएपनि कार्यन्वयन नहुँदापुनः तालाबन्दी गर्न बाध्यभएको आंशिक प्राध्यापकहरुको प्रतिक्रिया छ ।
तालाबन्दी भएको समयभरी आंशिक प्राध्यापकहरुले सम्पुर्ण शैक्षिक गतिविधिसमेत बहिष्कार गर्ने बताएका छन् । क्याम्पस प्रमुख डा. उमेश चौरसियाले आंशिक प्राध्यापकहरुको माग सम्बोधनकालागि पहलगर्ने प्रतिबद्धता जनाएका छन् ।

campus