सप्तरी, १२ फागुन । सप्तरीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। नयाँ बन्दे गरेको घरमा मोटरले पानी तानेर पटाउने क्रममा डाक्नेश्वरी नगरपालिका ९ पत्थरगाडाका ४२ वर्षीय महादेव साह मृत्यु भएको हो ।
करेन्ट लागेरपछि गम्भीर घाइते भएका साहलाई तत्कालै राजविराजस्थित छिन्नमस्ता अस्पताल पुर्याएपनि उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी माधवप्रसाद काफ्लेले जानकारी दिए । घटनाको विषयमा थप अनुसन्धान भइराखेक‍ो छ।