सिरहा, ११ फागुन । स्थानीय जनप्रतिनिधी र प्रहरी प्रशासनकै मिलेमत्तोमा विकास निर्माणको नाममा जथाभावी ग्रायभेल उत्खनन् हुने गरेको छ । सिरहाको नगरहा गापा ३ मा बाटो मर्मत तथा ग्र्याभेलको काममा समितिले व्यक्तिको खेतबाट जथाभावी ग्रेयाभेल उत्खनन् गरी ल्याउँदा पनि स्थानीय जनप्रतिनिधी र प्रहरीको मौनताले मिलेमत्तोको पुष्टि गरेको छ ।
पछिल्लो एक सातादेखि स्काभेटरले उत्खनन् गर्दै मूख्य सडकबाट ट्याक्टरमा ग्र्याभेल ओसार्दा पनि स्थानीय जनप्रतिधि र प्रहरी देखेर पनि नदेखेझै गरेको स्थानीयको आरोप रहेको छ । जनप्रतिनिधीलाई खवर गर्दा पनि उनीहरुले वास्ता नगरेको जनाए ।
समितिका अध्यक्ष प्रमोद कुमार साहले स्थानीय सुनिल यादव र पब्लिक स्कूल नजीकबाट ग्रेयाभेल ल्याएको बताए । अध्यक्ष साहले आफूले प्रति ट्याक्टर १२ सय ५० को दरले आवश्यक भएको ठाउँसम्म पुर्याउने गरी रामनारायण यादवलाई जिम्मा दिएको जनाए । उनले भने, ‘हामी दर्ता भए नभएको बुझ्दैनौं, उहाँको जिम्मामा हो कसरी ल्याईरहेको छ, मलाई जानकारी छैन ।’ वडाका करिव ५ किमि सडक मर्मतको लागि नगरहा गाउँ पालिकाले १० लाख रुपैयाँ छुट्याएको उपभोक्ता सममितिका अध्यक्ष साहले जानकारी दिए ।
यता वडा अध्यक्ष अनिसुल मियाँले पालिकाले आफ्ना नजिकका पार्टिका कायकर्ताहरुलाई समिति बनाएर काम गरिरहेको जनाए । त्यसमा उनीहरुले कसरी काम गरिरहेको छ, म भन्न सक्दिन, मेरो वडा भएपनि आफूसँग खासै समन्वय नभएको वडा अध्यक्ष मियाँले जनाए । उनले पालिका अध्यक्ष रामशरण यादवको आफ्नै निगरानीमा काम भइरकोले कहाँबाट कसरी ग्र्याभेल ल्याएको छ, त्यो मलाई थाहा भएन ।
यता पालिका अध्यक्ष रामसरण यादवले अहिलेसम्म कुनै ग्रयाभेल खानी दर्ता नभएको जानकारी दिए । अहिले ग्रयाभेल खानी नै नभएको ठाउँबाट ल्याउने र पछि कुनै दर्ताबाल कम्पनीको विल भर्पाई पेसगर्ने गर्छ तपाईहरु यसलाई कसरी निगरानी गरिरहनु भएको छ ? भनि गमक पोष्टले सोधेको प्रश्नमा अध्यक्ष यादवले, ‘हामीले काम गर्न बजेट छुट्याएर जिम्मा दिएको हो । कसरी काम गर्छ थाहापाइएन भन्दै पन्छिए ।’ यो पालिकामा ग्रेयाभेल खानी दर्ता नरहेको बताइएको छ ।