बर्दिवास, ५ फागुन। महोत्तरीमा एम्बुलेन्सको ठक्करबाट एक युवकको मृत्यु भएको छ। गौशाला नगरपालिका १ रामनगरमा बुधबार बेलुका स १ च १३९३ नम्बरको एम्बुलेन्सले साइकलमा सवार स्थानीय ३५ वर्षीय तेजनारायण महतोलाई ठक्कर दिंदा मृत्यु भएको हो ।
रामनगरमा रहेको एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिजका मजदुर महतो काम गरेर घर फर्केने क्रममा दुर्घटनामा परि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका महतोलाई उपचारको लागि जनकपुर लाने क्रममा बाटोमा नै मृत्यु भएको जनाएको छ ।
एम्बुलेन्स चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान गरिहेको जनाएको छ।