लहान, ५ फागुन । नमो वुद्ध युथ क्लव सप्तरीको आयोजनामा सम्पन्न तेस्रो खड्क मेयर कप फूटवल प्रीतयोगिताको उपाधी गोलबजार स्पोटर्स क्लवले हात पारेको छ । रोयल स्पोटर्स क्लव झापासँग बुद्धबार भएको फाईनल खेलमा गोलबजारले सून्यको विरुद्ध ५ गोल गर्दै नगद एक लाख सहित ट्रफि र हातपारेको हो ।laxmi lugadhune sabun
गोलबजरका लागि फाईनल खेलमा विश्वास राई र सुजन पुलामीले २÷२ गोल गरे भने विनु आले मगर १ गरेका थिए । उत्कृष्ट खेलाडी विनु आलेमगर घोषित भएको आयोजकले जनाएको छ ।
विजयी टिमलाई नगर प्रमुख हेमायु हकले नगद पुरस्कार १ लाख, शिल्ड, ट्रफि सहित सम्मान पत्रले सम्मान गरेका थिए । प्रतियोगितामा ८ वटा क्लवहरु सहभागी रहका थिए ।
नगरपालिकाले युवाहरुलाई सहि मार्गमा डोर्याउन र खेलबाट आफ्नो पहिचान स्थापित गराउन निरन्तर प्रतियोगिताको आयोजना गर्दै आएको छ ।

nischal 4 nischal 1 nischal