‘प्रेमगञ्ज’को क्यारेक्टर पोस्टर सार्वजनिक, मैना बनिन् बेनिशा हमाल

    • फाल्गुन ३, २०७८
    • ४९७ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    काठमाडौं, ३ फागुन । भ्यालेन्टाइनको दिन पारेर फिल्म ‘प्रेमगञ्ज’ले क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ । निर्माण टिमले बेनिशा हमाललाई मैनाको रुपमा प्रस्तुत गर्दै फिल्मको पहिलो अनुहार सार्वजनिक गरेको हो । चरित्रमा बेनिशा सुन्दर देखिएकी छिन् ।
    परिच्छेद सेनको लेखन तथा निर्देशन रहेको फिल्म आउँदो जेठमा सार्वजनिक गर्ने निर्माण टिमको लक्ष्य छ । यही लक्ष्यअनुसार हाल पोस्ट प्रडक्सनको काम भइरहेको निर्देशक परिच्छेद सेनले जानकारी गराए ।
    ‘हामी धमाधम सम्पादनको काम गरिरहेका छौँ । अवस्था अनुकुल भयो भने हामी जेठमा प्रदर्शन गर्ने गरी मिति हेरिरहेका छौँ,’ परिच्छेदले भने । यो फिल्मबाट तेज गिरीले डेब्यु गर्दैछन् । तेज पेसाले बैंकर हुन् । तेज र बेनिशाबाहेक फिल्ममा सम्पदा बानियाँ पवन भट्टराई, सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का आदि कलाकारको अभिनय रहेको छ।
    सुप्रिया, प्रशान्त, सिमरन अडिसनबाट छानिएका हुन् । फिल्ममा नरेश पौडेल, रश्मी भट्ट, सञ्जोग रसाइली, गीता अधिकारीको पनि अभिनय देख्न सकिन्छ ।
    चलचित्र चौतारीको प्रस्तुति रहेको फिल्मका कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन् । सञ्जय लामाको छायांकन रहेको फिल्म डेढ करोडको लगानीमा बनेको हो ।

    मोटरसाइकलमो पछिल्लो ...

    बर्दीबास, १५ बैशाख। महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परी ...

    उप–निर्वाचन शान्तिपू ...

    सिरहा, १५ वैशाख। शनिबार इलाम २ मा प्रतिनिधिसभा र बभाङ १ ...

    मुख्यमन्त्री यादवले ...

    जनकपुरधाम, १५ बैशाख। मधेश प्रदेशका मुख्यमन्त्री सरोज ...

    मटिहानी आगलागी पीडित ...

    अली असगर देवान महोत् ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल