सिरहा, २८ माघ । सिरहाका शितलहर पीडितलाई गरिव, विपन्न तथा दलित परिवारलाई न्यानो ओछ्यान र ओड्ना सहितका सरसफाई सामाग्री वितरण गरेको छ । सिरहाको गोलबजार नपा १० धर्मपुरका ४० घरपरिवार सदाय सहित ७९ गरिव तथा विपन्न परिवारलाई गोरखा वेल फेयर ट्रष्ट, धरानले डसना, ब्लाङ्केट, जोनसोन बेवी किट, माक्स, साबुन लगायतका सामाग्रि हस्ता वितरण गरिएको हो ।273170208_4903914142979076_2020303295753460187_n
प्राकृतिक प्रकोप राहत कार्यक्रम अन्तर्गत यहाँका गरिव विपन्न तथा दलित समुदायका ७९ घर परिवारलाई ५ लाख मूल्य बराबरको राहत सामाग्री हस्तान्तरण गरिएको ट्रष्टका पूर्वाञ्चल प्रमुख पूर्ण प्रसाद लिम्बुले जानकारी दिए । प्रत्यक परिवारलाई दुई वटा ओछ्याउने डसना र दुईवटा ओड्ने ब्लाङ्केट प्रदान गरेका थिए ।
हस्तान्तण कार्यक्रममा वडा अध्यक्ष देवनारण महतोले संस्थालाई धन्यवाद ज्ञापन गरे ।

pk-farnichar GBR