सिरहा, २७ माघ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशि श्रेष्ठले पुस्तौंदेखि भोगचन गर्दै आएपनि जग्गामा स्वामित्व नभएका स्थानियलाई जग्गा धनि लालपुर्जा हस्तान्तरण गरेका छन् । बिशेष नापी कार्यालय मिर्चैया, सिरहाले आयोजना गरेको एक समारोहमा मिर्चैया नगरपालिका २ का एक हजार ४ जनालाई जग्गा धनि पुर्जा वितरण गरेका हुन् ।
वितरण समारोहमा मन्त्री श्रेष्ठले अव भोगचलनमा मात्र रहेको जमिन कानूनि रुपमा पनि तपाईहरुको भएको बताए । उनले यो प्रकृयाले व्यक्ति र राज्य दुवैलाई हित हुने बताए । सोही क्रममा उनले उवै सेवाग्राहिलाई शुभकामना समेत दिए ।
लालपुर्जा पाएपछि स्थानीय खुसि भएका थिए ।
आजबाट सुरुभएको लालपुर्जा वितरण कार्य गाउँ गाउँमै गएर गरिने विशेष नापी कार्यालय मिर्चैया सिरहाका कार्यालय प्रमुख दिलिप कुमार सिंहले जानकारी दिए ।
लालपुर्जा वितरण समारोहमा पूर्व शान्ति तथा पुनरनिर्माण मन्त्रि विश्वनाथ साह, नगरप्रमुख श्रवण कुमार यादव जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी लगायतको उपस्थिति रहेको थियो ।