अस्ताए ‘महाभारत’ का भीम

    • माघ २५, २०७८
    • २८४ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    काठमाडौं, २५ माघ । लोकप्रिय धार्मिक धारावाहिक ‘महाभारत ‘भीम’ अर्थात् प्रवीणकुमार सोबतीको ७४ वर्षको उमेरमा निधन भएको छ । अभिनेता स्पाइनल समस्याबाट ग्रस्त थिए । यद्यपि उनको निधनको प्रमुख कारणबारे केही खुलाइएको छैन । फिल्ममा काम गर्नुअघि प्रवीण एथलेटिक्सका खेलाडी थिए ।
    प्रवीण पछिल्लो दशकमा लामो समयदेखि घरमै थिए । स्वास्थ्य अवस्था ठिक नभएपछि चिकित्सकले पनि उनलाई कैयौं खानेकुरामा प्रतिबन्ध लगाएका थिए ।
    अभिनयमा आउनुअघि प्रवीण एक हेमर र डिस्कस थ्रो एथलिट थिए । उनले एसियन गेम्समा चार मेडल ९दुई स्वर्ण, एक रजत र एक कास्य० जितेका थिए । उनले दुई ओलम्पिक खेलमा पनि भारतको प्रतिनिधित्व गरेका थिए ।
    खेलमा राम्रो योगदान पु¥याएका उनलाई ‘अर्जुन अवार्ड’ दिइएको थियो । यो अवार्डसँगै उनले बोर्डर सेक्युरिटी फोर्समा डेपुटी कमान्डेन्टको जागिर पाएका थिए । खेलकुदमा सफल भएपछि उनले फिल्ममा आउने निर्णय लिएका थिए ।
    प्रवीणले सन् १९८१ मा रिलिज फिल्म ‘रक्षा’बाट डेब्यू गरेका थिए । तर उनले पहिचान भने ‘महाभारत’को ‘भीम’बाट पाए । उनको अन्तिम फिल्म सन् १९९८ मा रिलिज ‘ट्रन टु पाकिस्तान’ थियो ।

    नेपाल अन्तर्राष्ट्रि ...

    काठमाडौं, १६ बैशाख। तेस्रो लगानी सम्मेलन सुरु भएको छ । ...

    मोटरसाइकलमो पछिल्लो ...

    बर्दीबास, १५ बैशाख। महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परी ...

    उप–निर्वाचन शान्तिपू ...

    सिरहा, १५ वैशाख। शनिबार इलाम २ मा प्रतिनिधिसभा र बभाङ १ ...

    मुख्यमन्त्री यादवले ...

    जनकपुरधाम, १५ बैशाख। मधेश प्रदेशका मुख्यमन्त्री सरोज ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल