गोलबजार मेयर गोल्डकप ः दोस्रो सेमीफाईनमा वीरगञ्ज युनाईटेड विजयी, प्रतिभा क्लव गोलबजार र वीरगञ्ज युनाईटेड फाईनल भिड्दै

    • माघ २४, २०७८
    • ९८९ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, २४ माघ । पाँचौ गोलबजार मेयर गोल्डकप २०७८ को फाईनल खेल वीरगञ्ज युनाईटेड पर्सा र गोलबजार प्रतिभा क्लवविच हुने भएको छ । नयाँ बस्ति युवा क्लव, काठमाडौं र वीरगञ्ज युनाईटेड पर्साविच सोमबार भएको दोस्रो सेमिफाईनल खेलमा विरगञ्ज सून्यको विरुद्ध एक गोलले विजयी भएपछि फाईनल प्रवेश गरेको हो ।
    दुवै टिमवीच भएको प्रतिस्पर्धात्मक खेलमा वीरगञ्का लागि विवेक चौधरीले अन्तिम समयमा एक गोल गरेका थिए । सोही गोलले वीरञ्जलाई फाईनल प्रवेश गराएको हो । आजको खेलको म्यान अफ द म्याच वीरगञ्जका अनिस चौधरी घोषीत भएका छन् । इँटा उद्योग व्यवसायी संघका जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य विक्रमशाले चौधरीलाई नगद पुरस्कार प्रदान गरे ।
    पहिलो सेमिफाईनल खेल बेलगाछी फूटबल क्लव, ढल्केबर गौशाला महोत्तरीविच भएको थियो । सेमीफाईनल खेलमा ३ को विरुद्ध ४ गोल गर्दै गोलबजार फाईनल प्रवेश हो । मगरले ३ गोल गरेका थिए ।
    फाईनल खेल २६ गते माघमा हुने आयोजकले जनाएको छ ।
    प्रतियोगितामा प्रथम हुनेले २ लाख १५ हजार नगद र दोस्रो हुनेले १ लाख १५ हजार नगद पुरस्कार, प्रमाणपत्र र ट्रफिहरु प्राप्त गर्नेछन् ।

    भारतीय सीमासँग जोडिए ...

    सिरहा, ४ जेठ । भारतीय सीमासँग जोडिएका मधेस प्रदेशका चार ...

    कोशीमा नवनियुक्त मन् ...

      विराटनगर, ४ जेठ।  कोशी प्रदेशमा नवनियु ...

    बाटोविराएका कार्यकर् ...

    काठमाडौं, ४ जेठ। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उ ...

    आरक्षणको संघर्ष र षड ...

      जेबी विश्वकर्मा   नेपालमा आरक् ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल