बेइजिङ ओलम्पिकः रोबटले वितरण गर्छ आगन्तुकलाई खानाबेइजिङ ओलम्पिकः रोबटले वितरण गर्छ आगन्तुकलाई खाना

    • माघ २४, २०७८
    • ४३८ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    फाईल फोटो 
     
    एजेन्सी

    बेइजिङ, २४ माघ ।  बेइजिङका २ करोड २० लाख मानिसहरुलाई कोभिड संक्रमणको  जोखिमबाट जोगाउन चीनले सहरभित्र पनि अर्को सहर खडा गरेको छ, जहाँ बस्ने अतिथिलाई बाहिरी मानिसहरुसँग छलफल र भेटघाट गर्न छुट छैन । उनीहरुलाई इन्टनेटको पहुँचको सुविधा छ भने खानेकुरा रोबटले नै वितरण गर्छ । laxmi lugadhune sabun

    ओलम्पिक र प्यारालम्पिक खेलका लागि दुई महिनाको अवधिमा दशौं हजार खेलाडी र उनीहरुलाई सहयोग गर्ने व्यक्तिलाई निश्चित स्थानमा राखिएको छ । मध्य बेइजिङबाट थोरै बाहिर रहेको यानकिङ जिल्ला र बेइजिङनजिकैको हिबेइ प्रान्तको झाङजिअकोउ सहरमा आगन्तुकहरुलाई राखिएको छ । 

    कोभिड शून्य नीतिमा जोड दिने पहलस्वरुप चीनले ओलम्पिकलाई त्यहाँको घना जनसंख्याबाट पूर्णरुपमा अलग गरेको हो । चाँडै फैलिने ओमिक्रोन भेरियन्टका कारण कोभिड संक्रमण फैलिएसँगै सरकारले ओलम्पिक प्रतिबन्धलाई थप कडाइ गरेको छ । ओलम्पिकमा दर्शकहरुको भिड नियन्त्रण गर्ने योजनाअनुसार अन्तिम समय अर्थात मध्य जनवरीमा घरेलु  दर्शकहरुलाई टिकट बिक्री रोक्ने निर्णय गरिएको थियो । 

    खेलका लागि समर्पित सवारी साधनहरु घेराबन्दी गरिएको निश्चित क्षेत्रमा मात्र आफ्नो लेनमा गुड्नेछन् । र, स्थानीयहरुलाई दुर्घटनाको समयमासमेत टाढै रहन सुभाव दिइएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक समितिका अध्यक्ष थोमस बाचले ३ फेब्रुवरीमा आयोजित पत्रकार सम्मेलनमा भनेका थिए, ‘दुर्भाग्यवश तपाईहरु केबल निश्चित घेराभित्र रहेका मानिसहरुसँग मात्र बोल्न सक्नु हुनेछ । ’

    जसपा, नेपालले पार्टी ...

      काठमाडौं, २५ बैशाख। जनता समाजवादी पार् ...

    रास्वपाले सहकारी प्र ...

    काठमाडौं, २५ बैशाख। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ...

    राई नेतृत्वको जसपाले ...

    काठमाडौं, २५ बैशाख। जसपा नेपालबाट फुटेर अशोक राईको ...

    ५० केजी गाँजासहित भा ...

    बिशाल बस्नेत महोत्तरी, २४ बैशाख। महोत्तरी प्रहरीले ५० ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल