सिरहा, २३ माघ । प्रहरी हुँ भन्दै धम्काउँदै ड्निे एक युवकलाई सिरहा प्रहरीले लागुऔषध सहित नियन्त्रणमा लिएको छ । सिरहा नपा ७ बाट मानिसलाई प्रहरी हुँ भन्दै धम्याईरहेको अवस्थामा प्रहरीले झापा गौरादह नगरपालिका १ घर भई हाल काठमाडौं महानगरपालिका ४ मण्डिखाटार बस्ने ३२ वर्षिय अशिम गुरुङलाई अवैध लागु औषध र नक्कली पेस्तोल सहित नियन्त्रणमा लिएको हो ।laxmi lugadhune sabun
जिल्ला प्रहरी कार्यालय सिरहाबाट प्रहरी उपरीक्षक अर्जुन प्रसाद तिमिल्सिनाको कमाण्डमा खटिएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्ने क्रममा उनको साथबाट लागू औषध नाइट्रोभेट १० लेखिएको ३९ पिस ट्याब्लेट, सपामोस प्रोक्सान प्लस २२ पिस ट्याब्लेट प्र. नि. अशिम गुरुङ लेखिएको नेपाल प्रहरीको नक्कली परिचय पत्र थान १, नक्कली रिभल्वर थान १, रिभल्वर राख्ने होलस्टर थान १, बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सुचना अधिकारी सुवास बुढाथोकीले जानकारी दिए ।
प्रहरीले उनको साथबाट ड्याईगन चक्कु, १, असिम गुरुङ्ग लेखिएको मेटल नेम प्लेट थान २, मोबाईल , चेकबुक, अशिम गुरुङ नामको नेपाली नागरिकताको फोटोकपी लगाएतका सामाग्री बरामद गरेको जनाएको छ । प्रहरीले आजै जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान थालेको जनाएको छ ।

pk-farnichar GBR