सप्तरी , २३ माघ । सप्तरीका एक युवकले आफ्नै भाउजूमाथि पेट्रोल छर्केर आगो लगाउँदा घाईते महिलाको उपचारको क्रममा मृत्यु भएको छ । आफ्नै देवर बोदेवर्साईन नपगरपालिकाका २० वर्षिय प्रमेश्वर साहले लगाएको आगोबाट गम्भिर घाइते भएकी २७ वर्षिय राजकुमारी साहको उपचारको क्रममा मृत्यु भएको हो ।
घरमा खाना पकाईरहेका बेला २१ माघको बिहान प्रमेश्वरले राजकुमारीको शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए ।
राजकुमारीको शरीरको विभिन्न भाग जलेपछि विराटनगरमा उपचार भइरहेको थियो । राजकुमारीका ३० वर्षीय पति रबिनकुमारले आफू काम विशेषले घर बाहिर रहेको समयमा आफ्नै भाइले पत्नीको शरीरमा आगो लगाएको भन्दै प्रहरीमा उजुरी दिएका छन् ।
सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद काफ्लेले जाहेरीका आधारमा आगजनी गर्नेको खोजी भइरहेको जानकारी दिए ।