सिरहा, २१ मघ । मधेश प्रदेशको छुट्टाछुट्टै स्थानमा हावाहुरीका कारण दुई बालिका सहित तीन जनाको मृत्यु भएको छ ।
हुरीले रूख ढल्दा धनुषामा दुई विद्यार्थी र घर ढल्दा रौतहटमा एक महिलाको मृत्यु भएको हो
धनुषाको सबैला नगरपालिका १२ मा रहेको फकिरचन्द उच्च माविको प्राङ्गणमा रहेको रूख ढल्दा ८ वर्षीया प्रतिमा कुमारी सदा र ७ वर्षिय अरबन्दी सदाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।
हावाहुरीले अचानक मसालाको रुख ढल्दा दुबै जनाको टाउकोमा चोट लागि घटनास्थलमै मृत्यु एको प्रहरीको भनाई छ ।
त्यसैगरी, रौतहटको बौधीमाई नगरपालिका १ मा इँटाको घर भत्किएर चोट लाग्दा ४५ वर्षीया फुलमतीया देवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । घरमै च्यापिएर फुलमतीयाका दुई वटा बाख्रासमेत मरेको प्रहरीले जनाएको छ ।