साङ्केतिक फोटो ।
उदयपुर, २० माघ । उदयपुरको त्रियुगा नगरपालिका ७ स्थित नहरमा डुबेर बालकको मृत्यु भएको छ । दोलखा घर भई त्रियुगा नगरपालिका ७ मा बस्दै आएका मधुसूदन अधिकारीका तीन वर्षियछोरा लेखनाथ को नहरमा डुवेर मृत्यु भएको हो ।
अपरान्ह त्रियुगा नदिको नहरमा खेल्ने क्रममा अचानक पानीमा डुबेर अचेत अवस्थामा आमाले फेला पारी तत्काल उपचारको लागि जिल्ला अस्पताल उदयपुर पुर्याएपनि अस्पतालले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डीएसपी वेदप्रसाद गौतमले जानकारी दिए । । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।