बारा, १९ माघ । बाराको आदर्श कोतवाल गाउँपालिकाका एम्बुलेंस चालक शेख शर्फुदीन सहित तीन जनालाई इलाका प्रशासन कार्यालय सिम्रोनगढका कर्मचारीमाथि दुरब्यवहार गरेको भन्दै प्रहरीले पक्राउ गरेको छ ।
सिम्रौनगढ़ इलाका प्रहरी कार्यालयबाट खटेको टोलीले आदर्श कोतवाल गाउँपालिका ८ जमुनियाका एम्बुलेंस चालक शेख सर्फुदीन सहित शेख आफताब र शेख तौकीर आलमलाई पक्राउ गरेको हो ।
पक्राउ परेका तिनै जनालाई अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।






















