शिव शरणा सदा

गोलबजार, ११ माघ । सिरहाका सदाय समूदायले ‘अपन माइट अपन पहिचान, सामाजिक परिबर्तनकलेल हमरसवहक अभियान’ भन्ने मुल नाराका साथ सिरहाको गोलबजारमा १२ औं माटो दिवस मनाएका छन् ।
कार्यक्रमका बक्ताहरुले दलितको निम्ति लखौ बजेट आएपनि यहाँका मुसहर समुदासम्म पुग्न नसकेको बताएको छ । जनसंख्याको हिसावले जिल्लमा तेस्रो भएता पनि यो समूदायको राजनिती क्षेत्रमा पहुँच नहुँदा राज्यको सेवा सुविधाबाट बञ्चित हुनु परेको बक्ताहरुको भनाई रहेको छ ।laxmi-lugadhune-sabun 3
उनीहरुले राजनितीक दलहरुले मुसहरहरुलाई भोट बैंक रुपमा मात्र प्रयोग गरेको आरोप लगाएका छन् । मुसहरहरु आफ्नो उत्थान र बिकासनिम्ति एक ढिका भाइ अगाडि बढनु बहेक बिक्ल्प नरेको उनीहरुको भनाई रहेको छ ।
कार्यक्रममा प्रमुख अतिथी गैरसरकारी महासंघ सिरहाका अध्यक्ष गोबिन बिष्ट, अतिथिहरु मुसहर जागरण अभियान सिरहाका अध्यक्ष रामगेन सदा, रामसेब सदा, रामसुफ सदा, ब्रहमदेब सदा लगायतका ब्याक्तित्व उपस्थिति थियो ।
अरुण सदायको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालक शिव शरणा सदाले गरेका थिए । दिबसको अवसरमा २८ बर्षदेखि शिक्षण पेशमाा आवद्धभई मुसहर समुदायको शिक्षामा अहम भुमिका खेल्ने शिक्षाक रामसेब सदा लाई समान गरेका थिए ।
सबरी सक्ल्प समाज गोलबजार र मुसहर जागरण अभियान सिरहाको सयुक्त आयोजनामा सम्पन्न दिवसको मुसहरहरुको कुल देवता दिनाराम दिनाभद्रीको जन्म भुमी जोगिया झाझरबाट ल्याएको माटोको टीका लगाई गोलबजार ६ डोहटियामा माटो दिबसको आरम्भ गरेको थियो ।
सो अवसरमा संस्थाका संस्थापक अध्यक्ष स्वर्गिय गुरुसण सदायको स्मरण गरिएको थियो ।

pk-farnichar