सरोगेसीप्रति तसलिमाको आक्रोश

    • माघ ९, २०७८
    • ३६२ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    काठमाडौं, ९ माघ  । लेखक तथा अभियान्ता तसलिमा नसरिन जहिल्यै आफ्नो बोलीका कारण चर्चामा हुन्छिन् । यसपटक उनले सरोगेसीलाई लिएर आफ्नो भनाइ सामाजिक सञ्जालमा राखेकी छन् । उनको भनाइमा सरोगेसीका माध्यमबाट अभिभावक बनेका स्टारप्रति निशाना साँधेकी छन् ।laxmi-lugadhune-sabun 2

    तसलिमाले सरोगेसीका माध्यमबाट आमा बनेका महिलाहरूमाथि प्रश्न गरेकी छन् । हालैमात्र अभिनेत्री प्रियंका चोपडा जोनास र उनका पति निक जोनास सरोगेसीका माध्यमबाट आमाबाबु बनेका थिए ।

    ‘सरोगेसी गरिब महिलाहरूका कारण मात्र सम्भव छ । धनी व्यक्ति आफ्नो स्वार्थका लागि समाजमा गरिबीको अस्तित्व चाहन्छन् । तपाईंहरुलाई बच्चा पाल्न र उनीहरू स्याहारसुसारमा चासो छ भने घरबारविहीन बनेका बच्चाहरूलाई अपनाउनुहोस्’, उनले लेखेकी छन् ।

    उनले सरोगेसीका माध्यमबाट ‘रेडिमेड बच्चा’ पाउने महिलालाई आमाको अनुभव कसरी आउँछ भनेर प्रश्न सोधेकी छन् । ‘म सरोगेसीलाई त्यो समयसम्म स्वीकार्दिन, जबसम्म धनी महिलाहरु सरोगेट आमा बन्दैनन् । म बुर्का पनि लगाउँदिन, जबसम्म पुरुषले यसलाई स्वीकार्दैनन् । यस्तै प्रकारमा वेश्यावृत्तिलाई पनि स्वीकार्दिनँ । सरोगेसी, बुर्का र वेश्यावृत्ति महिलाहरु र गरिबहरुको शोषण हो’, उनले लेखेकी छन् ।

    pk-farnichar

    मोटरसाइकलमो पछिल्लो ...

    बर्दीबास, १५ बैशाख। महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परी ...

    उप–निर्वाचन शान्तिपू ...

    सिरहा, १५ वैशाख। शनिबार इलाम २ मा प्रतिनिधिसभा र बभाङ १ ...

    मुख्यमन्त्री यादवले ...

    जनकपुरधाम, १५ बैशाख। मधेश प्रदेशका मुख्यमन्त्री सरोज ...

    मटिहानी आगलागी पीडित ...

    अली असगर देवान महोत् ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल