फाईल फोटो । 

सर्लाही, ९ माघ । सर्लाहीको हरिवनमा तातो रक्सीले डुवेर एक बालकको मृत्यु भएको भने आमा घाइते भएकी छन् । हरिवन नगरपालिका ८ बेतालकी मैया गुर्मछानका डेढ वर्षीय छोरोको तातो रक्सीले पोल्दा मृत्यु भएको हो ।
शनिबार बेलुका घरमै भर्खर आगोबाट निकालिएको तातो रक्सीको भाँडोमा बालक परेका थिए । रक्सिले पोलेर घाइते भएका बाललकलाई तत्कालै उपचारको लागि स्थानीय स्वास्थ्यकेन्द्रमा लगिएपनि उपचार सम्वभ नभएपछि थप उपचारको लागि काठमाडौं लैजाने क्रममा बाटोमै बालकको मृत्यु भएको बताइएको छ ।
छोरालाई जोगाउने क्रममा अत्तालिँदा आमालाई पनि रक्सीले पालेको छ ।