सिरहा, ८ माघ । सिरहामा कोरोना सङ्क्रमणबाट थप एकजनाको मृत्यु भएको छ । कोरोना सङ्क्रमणका कारण गोलबजार नपा ९ का ८० वर्षिय एक वृद्धको उपचारको क्रममा वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो ।
पेट दुख्ने विरामीबाट पीडित ती वृद्धलाई गत पुस २८ गते नै उपचारको लागि धरान लगिएको थियो । धरान पुगेर भर्नालिनुभन्दा पहिला कोरोना जाँच गर्दा पोजेटिभ देखिएपछि उनलाई आईशोलेशनमा राखेर उपचार गराईरहेको अवस्थामा शुक्रवार निधन भएको वडाअध्यक्ष रामपुकार कामतीले जानकारी दिए ।
वृद्धको श्री शेर गणबाट खटिएको शब व्यवस्थापन टोलीले सुरक्षित साथ शव व्यवस्थापन गरेको छ ।
हिजै सिरहा नपा १ का ८० वर्षिय पुरुष र लहान नपा १९ की ६२ वर्षिय महिलाको पनि कोरोना उपचारको क्रममा धरानमै मृत्यु भएको जनाएको छ ।