मुकेश कुमार यादब / सिरहा ३ माघ । सिरहाको गोलबजार नगरपालिका वडा नं. १० धोवियाधारमा रहेका  ४० घरपरिवारको मुसहर बस्तिको जनजीवन जाडोले प्रभावित भएको छ । पूर्व–पश्चिम राजमार्गको गोलबजारबाट करिव ५ किलोमिटर उत्तरी चुरे क्षेत्रमा रहेको उक्त बस्तिका स्थानीयहरु जाडोले कठ्याङ्ग्रिएको छ । हुस्सु र शितलहरले तराइनै चिसिएको बेला यहाँका विपन्न मुसहरहरुको अवस्था अझै कष्टकर भइरहेको छ ।sitalahar mushar basti  (17)

चार छोरा/छोरी र श्रीमति सहित छ जनाको परिवार रहेका शिवु सदाय खरले बारेको छाप्रोमा वस्छन् । मुस्किले चिसो शिरेटो छेक्ने छाप्रोभित्र उनीहरुको ओछ्यान चिसो भुईमा पराल र ओड्ने पातला कपडाले मात्र रात बिताउनु पर्ने बाध्यता छन्  । छोरा छोरीपनि चिसिएर आधिरातमै उठेपछि न्यानो बनाउने उपाय भनेकै आगो रहेको बताउँछन् ।

शिवु मात्र नभइ उतm बस्तिका सवैजसो सदायको अवस्था उस्तै छ । एक छोरी र दुई छोरा सहित ५ जनाको परिवार रहेका मङ्गली सदाय बाँसका किल्लाहरुमा उभ्याइएका खरले छाएको छाप्रोमा बस्छन् । घरभित्र पुराना कपडा र राती ओछ्याउने परालमात्र छ । श्रीमान दिनभरी अरुको घरमा काम गर्ने र उत्तै रक्सिले मातिएर बस्ने भएकाले उनको परिवार एक्लो बुधनीको कमाईले चलेको छ । एक्लोे कमाईले उनले न राम्रो घर बनाउन सकेको छ नत न्याना कपडाकै जोहो गर्न सकेका छन् ।132040729_304852500889829_8829400860061623896_n

चुनावका बेला विभिन्न सपना बाडेका नेताहरु शितलहरको शास्ति खेपिरहेको बस्तिमा कहिल्यै देखा पर्दैनन् । उनीहरु आफूलाई भोट बैंकको रुपमा प्रयोग गरेको राम्रोसँग बुझेको बताउँछन् । जाडोले बस्तिका बालबालिका तथा वृद्धवृद्धा अप्ठ्यारोमा परेको भएपनि अहिले सम्म कसैले केही सहयोग नगरेको हेमकुमार सदायले दुःखेसो पोखे ।

सिरहाको विभिन्न चार सय स–साना टोलमा गरी करिव ५० हजारको हाराहारीमा मुसहरहरुको बसोबास रहेको छ । यो समुदाय करिव ९८ प्रतिशत भूमिहीन रहेको बताइन्छ र आर्थिक अवस्था कमजोर भएकै कारण सदाय समुदाय विभिन्न खालको प्राकृतिक प्रकोपबाट पीडित हुँदै आएका छन् ।

हाल सम्म सिरहामा शितलहरका कारण मुसहर समुदायककै एक जना र वेवारिसे एक जना गरि २ जनाको मृत्यु भइसकेको छ ।