-फाईल फोटो ।
काठमाडौं २ माघ । तराईका जिल्लासहित देशका धेरै ठाउँमा अहिले बाक्लो हुस्सु कुहिरो राम्रोसँग पानी नपरेसम्म खनुल्ने बताएको छ। केही दिनयता बिहानको समयमा लगातार बाक्लो हुस्सु, कुहिरो लाग्ने गरेको छ । राम्रोसँग पानी नपरर्दा सम्म सुधार नआउने मौसम विदले बताएको छ । तर, दिउँसोको समयका कुहिरो हट्ने गरेकाले मौसमविद्ले यसलाई शीतलहर भनिसकेका छैनन् । ४८ घण्टासम्म लगातारका हुस्सु कुहिरोको लहर देखिए पछि मात्रै शीतलहरको घोषणा गर्ने गरिएको छ ।
दिउँसोको समयमा कुहिरो हटे पनि पारिलो घाम भने लाग्न सकेको छैन । छिनछिनमा बादल लाग्ने र छिनमै घाम लाग्ने भइरहेको छ, मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज पनि दिउँसोको समयमा हुस्सु कुहिरो हटी घामसँगै बादल लाग्ने सम्भावना छ । राम्ररी पानी नपरेका कारण मौसम पूर्णरुपमा खुल्न नसकेको उनले बताए ।
विशेषगरी राम्ररी पानी नपरेका बेला र राति आकाश सफा भएका बेला त्यसको भोलिपल्ट बिहान बाक्लो हुस्सु, कुहिरो लाग्ने मौसमविद् प्रतिभा मानन्धरले बताए। ‘रातभरि बादलले ढाकेको भए आकाश गुम्सिन्थ्यो, जसले गर्दा बिहान धेरै चिसो हुने र बाक्लो हुस्सु कुहिरो लाग्ने थिएन,’ उनले भने। ‘‘राति आकाश सफा रहँदा बिहान र बेलुका चिसो बढ्छ ।’ केही दिनयता बेलुकाको समयमा चिसो सिरेटो समेत चल्न थालेको छ । हिउँदमा पश्चिमी वायुमार्फत हिमालबाट सिरेटो चल्ने भएकाले हावा चिसो हुन्छ ।
मौसमविद् मानन्धरले राम्ररी पानी नपर्दासम्म मौसम यस्तै रहने पनि बताए । यसैबीच, आज काठमाडौंको न्यूनतम तापक्रम एक डिग्री सेल्सियसले घटेको छ । हिजो बिहान ५ दशमलव ७ डिग्री सेल्सियस रहेको न्यूनतम तापक्रम आज ४ दशमलव ६ डिग्री सेल्सियसमा झरेको छ ।