दोस्रो प्रयासमा आर्मीलाई टाइगर कपको उपाधि 

    • माघ १, २०७८
    • २६५ पटक पढिएको
    • न्युज कारखाना

    काठमाडौं, १ माघ । हेल्प नेपाललाई ३-१ को सेटमा हराउँदै त्रिभुवन आर्मी क्लबले शनिबार टाइगर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फको च्याम्पियन बनेको छ । army

    पोखरामा सम्पन्न फाइनल खेलमा तीन भारतीय खेलाडीसहित कोर्टमा उत्रिएको हेल्प नेपाललाई २५-१८, २४-२६, २५-१८,२५-१९  को सेटमा पराजित गर्दै आर्मीले दोस्रो अवसरमा उपाधि चुमेको हो ।  

    हेल्प नेपाललाई भारतीय राष्ट्रिय खेलाडी अमित कुमार, विनीत कुमार र अप्पभु मुथुसामिसहित नेपाली  राष्ट्रिय पुरुष टोलीको बन्द प्रशिक्षणमा परेका धिरज बस्नेत तथा घरेलु प्रतियोगिताका उदयमान खेलाडी नवीन महतोको साथ थियो । 

    यता, आर्मीमा मान बहादुर श्रेष्ठ, राजेन्द्र विष्ट, धन बहादुर भट्ट क्षेत्री, हरि अधिकारी लगायत खेलाडीले उत्कृष्ट प्रदर्शन गरेपछि आर्मी उपाधि जित्न सफल भयो । गत वर्ष आर्मी गण्डकी प्रदेशसँग पराजित भएको थियो । 

    शनिबार नै सम्पन्न महिलातर्फको फाइनल खेलमा आर्मीलाई एपीएफले २५-२३, २५-१५, २५-२० को सेटमा सहजै पराजित गर्दै उपाधि जित्यो ।  

    प्रतियोगिताको पुरुषतर्फको विजेता आर्मी र महिलातर्फको विजेता सशस्त्र प्रहरी बलको एपीएफ क्लबले समान तीन लाख प्राप्त गर्नेछन् । यस्तै, उपविजेता टोली हेल्प नेपाल र महिलातर्फको आर्मीले समान एक लाख ५० हजार प्राप्त गर्नेछन्  । 

    ६ दिनसम्म चलेको प्रतियोगितामा पुरुषतर्फ साबिक विजेता गण्डकी प्रदेशसँगै त्रिभुवन आर्मी, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बल (एपीएफ) र हेल्प नेपाल स्पोर्टस क्लब र महिलातर्फ साबिक विजेता नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एपीएफ, न्यू डाइमन्ड एकेडेमी र टाइगर ग्रुप अफ पोखरा नेपाल सहभागी थिए ।

    आजदेखि कक्षा १२ को प ...

      काठमाडौं, १४ बैशाख। आज देखि कक्षा १२ को परी ...

    लहानबाट पाँच वर्षिय ...

    लहान, १३ बैशख। सिरहा प्रहरीले आफ्नै पाँच वर्षिय छोराको ...

    बजारमा निम्न गुणस्तर ...

      काठमाडौं, १३ बैशाख। काठमाडौँ महानगरपालिकाले च ...

    १६ औँ योजनाले एकीकृत ...

    काठमाडौं, १३ बैशाख।   प्रधानमन्त्री पुष्प ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल