वीरगञ्जबाट १० केजी चरेशसहित महिला पक्राउ

    • पुष २९, २०७८
    • ४६६ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    वीरगञ्ज, २९ पुष । जिल्ला प्रहरी कार्यालय पर्साले १० केजी लागु औषध चरेशसहित १ जना महिलालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगर पालिका १६ शंकराचार्य गेटमा प्रहरी चौकी ईनर्वाबाट खटिएको टोलीले नियमित चेकजाँचको क्रममाउक्त परिमाण बराबरको चरेश बरामद गरेको हो ।
    शंकास्पद अवस्थामा रक्सौलतर्फ पैदलजाँदै गरेकी रौतहटको परोवा नगरपालिका ९ बंकुल टोल निवासी ४२ वर्षीय रञ्जु देवीलाई प्रहरीले पक्राउ गरेको हो । देवीले ढाड, खुट्टामा पहेलो रंगको कपडाको डोरीले बाँधी अड्कार ज्याकेटको दुवैतर्फको खल्तीमा लुकाएको अवस्थामा चरेश फेला परेको हो ।
    बरामदलागु औषध सहित महिलालाई नियन्त्रणमा लिई लागु औषध सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान भइरहेको जिल्ल प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

     

    लहानबाट पाँच वर्षिय ...

    लहान, १३ बैशख। सिरहा प्रहरीले आफ्नै पाँच वर्षिय छोराको ...

    बजारमा निम्न गुणस्तर ...

      काठमाडौं, १३ बैशाख। काठमाडौँ महानगरपालिकाले च ...

    १६ औँ योजनाले एकीकृत ...

    काठमाडौं, १३ बैशाख।   प्रधानमन्त्री पुष्प ...

    महोत्तरीको मटिहानीमा ...

    बर्दिवास, १२ बैशाख। महोत्तरीको मटिहानी नगरपालिका ६ स्थि ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल