सिरहा, २६ पुस । जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको विज्ञप्तीलाई आधार मान्दै भोली देखि माघ १५ गतेसम्म आधारभुत र माध्यमिक विद्यालय बिदाको निर्णय गरेको छ । कोभिड १९ को संक्रमण पुनः तिव्ररुपमा फैलनुकासाथै ओमिक्रोन भेरियन्टको संक्रमण देखिन थालेपछि वार्षिक विदामा मिलान हुनेगरी पुस २७ देखि माघ १५ सम्म माध्यमिक विद्यालय विदा गर्ने निर्णय गरेको हो ।laxmi-lugadhune-sabun 1
बैठकले विश्वविद्यालय र शैक्षिक प्रीतष्ठानहरुको पूर्व निर्धारित सेमेष्टर र वर्षिय परीक्षा कार्यक्रमहरु जनस्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण रुपमा पालना गरी सञ्चालन गर्ने गरी प्रवन्ध मिलाउन सवैलाई जानकारी गराएको छ ।
भारतहुँदै नेपाल आउनेहरुको स्वास्थ्य जाँच, होल्डिङ्ग सेन्टरको व्यवस्था, खोप लाउन बाँकी रहेका १२–१७ वर्ष उमेर समूहका बालबालिकालाई विद्यालयले समन्वयगरी नजीको स्वास्थ्य कार्यालयमा खोप लगाउन समेत अनुरोध गरेको छ ।
यस अवधिमा पनि जिल्लाका १३ वटा स्वास्थ्य संस्थाबाट नियमित कोरोना विरुद्धको खोप कार्यक्रम जारी रहने निर्णयमा उल्लेख गरेको छ ।
सोमबार शिक्षा मन्त्रालयमा बसेको सचिवस्तरीय बैठकले कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को सिफारिसलाई कार्यान्वयनमा लैजाने निर्णय गरेको थियो ।
आइतबार सीसीएमसीसीले वार्षिक बिदामा मिलान हुने गरी १५ माघसम्म विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयसमक्ष सिफारिस गरेको थियो । सोहीअनुसार आज मन्त्रालयले निर्णय गरेको हो ।
मन्त्रालयले बिदाको अवधिमा पनि विद्यार्थीलाई पठनपाठनमा सहजीकरण गर्न विद्यालयहरूलाई आग्रह गरेको छ ।

ccmc ccmc 2