उखुवारीमा गम्छाले घाँटी कसिएको अवस्थामा बालकको शव भेटियो

    • पुष २४, २०७८
    • ४२२ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    वीरगञ्ज, २४ पुस। पर्साको जगरनाथपुर गाउँपालिका ६ सन्ठीमा गम्छाले घाँटी वेरिएको अवस्थामा एक बालकको शव भेटिएको छ । चार दिन अघिदेखि हराईरहेका स्थानीय नागेश्वर पटेलका १२ वर्षीय छोरा मन्टु गाउँ देखि पूवतर्फ उखुाखेतमा मृत भेटिएको हो।laxmi-lugadhune-sabun 1 
    उखु खेतमा घाँस काट्न गएकी महिलाले बालकको शव देखेपछि गाउँमा खबर पुर्याएपछि प्रहरीलाई सूचना दिएका थिए ।
    बालकको शव पोस्टमार्टमका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी डीएसपी ओम प्रकाश खनालले जानकारी दिए ।
    हराईरहेको भएपनि कतै गयो होला आइहाल्छ भनेर अभिभावकले प्रहरीमा खोज तलासका लागि निवेदनसमेत दिएका थिएनन् । बालकको घाँटीमा गम्छा कसिएकोले घटनालाई शंकास्पद भएको भन्दै प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रहरीले घटनामा संलग्न रहेको आशंकामा चार जनालाई निगरानीमा राखेर अनुसन्धान गरिरहेको बताएको छ ।

    pk-farnichar

     

    भूमि बैङ्कको प्रस्त ...

      काठमाडौं, १५ चैत।  ६ किसान संगठनहरूले ...

    गोलबजार मेयर गोल्डकप ...

    सिरहा, १५ चैत। सातौं गोलबजार मेयर गोल्डकप आन्तर्राष्ट्र ...

    कटुवा पेस्तोलसहित बा ...

    फाईल फोटो। सिरहा, १५ चैत। सिरहा प्रहरीले कटुवा पेस्त ...

    छुआछुत विरुद्ध गोलबज ...

    सिरहा, १५ चैत। माँ दुर्गा महिला समुह गोलबजार ५ मगर टोलल ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल