खोटाङ, २४ पुस  । घर नजिकै थुपारेर राखेको खरमा आलागीमा परेर खोटाङमा एक महिलाको मृत्यु भएको छ । घर छाउन थुपारेर राखिएको खरमा आगोलागी हुँदा जन्तेढुंगा गाउँपालिका-४ डम्बर्खुशिवालयकी ४३ वर्षीया अन्जु परियारको मृत्यु भएको हो ।

खरको थुप्रो नजिक आगो बालेर ताप्ने क्रममा अचानक खरमा आगोलागी भएको र भाग्न नसक्दा आगोले जलेर परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सुरेस ठाकुरले बताए ।

घटनाबारे अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय खोटाङ बजार र चिसापानीको टोली शनिबार बिहान घटनास्थलतर्फ गएको छ ।

pk-farnichar