सिरहा, २२ पुस । सिरहा जिल्ला समन्वय समितिका अध्यक्ष रामचन्द्र ठाकुरले लागुपदार्थ सेवनले महिला हिंसाको घटनामा बढोत्तरी भएकोले लागुपदार्थ नियन्त्रण गर्नेखालको कार्यक्रमको आवश्यकता रहेको बताए । मुक्ति नेपाल गोलबजारको ११ औं वर्षिकोत्सव तथा सामाजिक लेखा–जोखा कार्यक्रमलाई सम्वोधन गर्दै लागुपदार्थ सेवनगर्नेहरुबाट नै अत्यधिक महिला हिंसाका घटना हुने गरेकोले नियन्त्रण गर्नेखालका परियोजना बनाउनुपर्ने बेला भएको अध्यक्ष ठाकुरले अनुरोध बताएका हुन् ।
उनले समाजमा अत्यधिक मदिरा सेवन गर्ने, लागुऔषधको कुलतमा फसेकाहरुबाट महिलामाथि हिंसा हुने गरेकाले महिला सशक्तिकरणसँगै लागुऔषध नियन्त्रण सम्वन्धि कार्यक्रम बनाउन जरुरी रहेको बताए । अध्यक्ष ठाकुरले थपे, ‘गाउँघरमा पछिल्ला समय त्यसमा पनि दलित समूदायमा मदिरा सेवन र अन्य लागुऔषधको कुलतमा फसिरहेका छन्, यसलाई न्यूनिकरण गर्ने कार्यक्रम पनि जरुरी भईसकेको छ ।’
कार्यक्रममा कल्याणपुर नगरपालिकाका कार्यबाहक मेयर रोहिणी कुमारी यादवले मुक्ति नेपालले महिलाहिंसाविरुद्ध उल्लेख्यय कार्यगरेको भन्दै प्रशंसा गरे । उनले संस्थाले आफ्नो नगरपालिकामा महिलाको आर्थिक सशक्तिकरण्णको लागि गरेको काममा सधै आफ्नो साथ सहयोग रहने प्रतिवद्धता जनाए । उनलेभने, ‘संस्थाले दलित महिलाहरुको आर्थिक उन्नतिको लागि सामुहिक तरकारी खेति सुरु गरेको छ, त्यसको लागि नगरपालिकाले आवश्यक सहयोग गर्छ ।’
गोलबजार नगरपालिका वार्ड नं. ४ का अध्यक्ष राजदेव यादव र नगर प्रवक्ता उमेश बरालले मुक्ति नेपालले महिलाहिंसा विरुद्धको अभियानमा अतुलनिय योगदान पुर्याएको बताए । उनले कतिपय कार्यमा नगरसँग सहकार्य भएको भन्दै आउँदा दिनहरुमा पनि सहकार्य जारी रहने प्रतिबद्धता गरे ।
सोही अवसरमा सामाजिक लेखाजोखाले संस्थाको पारदर्शितापनि देखाएको बक्ताहरुले बताए ।
संस्थाका सल्लाहकार भैरबप्रसाद गेलालले संस्थालाई बसवल बनाएर आगाडी बढाउन शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रमबारे मुक्ति नेपालका संस्थापक अध्यक्ष तथा कार्यकारी निर्देक श्यामकुमारी साहले जानकारी गराएका थिए । उनले मुक्ति नेपालले स्थापना कालमा लिएको उदेश्य र जारी योजनाबारे जानकारी गराएका थिए ।
सो क्रममा साझेदार संस्था हेल्वेटास नेपालका रामप्रवेश मण्डल, सञ्चारकर्मी सुरेन्द्र कामतीले संस्थाले गरेका राम्राहरु प्रशंसा गर्दै कतिप योजनाका विषयमा सुझाव दिएका थिए ।
संस्थाले सञ्चालन गर्दै आएका परियोजनाहरुबारे नारिक सक्रियता परियोजनाका संयोजक अशोक कामती, शान्तिका लागि स्थानिय क्षमता कार्यक्रमका विशेश्वर दास, सुरक्षित आप्रवासन (सामी) परियोजनाका नथुनि मण्डल र बाल विवाह अन्तयका लागि किशोरी सशक्तिकण परियोजनाका संयोजक प्रतिबा साहले आ–आफ्नो परियोजनाबारे जानकारी गराएका थिए ।
११ औं वर्षिकोत्सवमा विभिन्न संघसंस्थाबाट उपस्थित प्रतिनिधीहरुले शुभकामना दिएका थिए ।