• आशिष विश्वकर्मा

सिरहा, २१ पुस । निर्वाचन कार्यालय सिरहाले सञ्चालन गरेको मतदाता नामावली दर्ता अभियान कार्यक्रममा २९ हजार २ सय ७८ जना मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय सिरहाले मंसिर १७ देखि पुस १८ गतेसम्म १७ वटै पालिकाहरुमा दुई चरणमा संचालित नामावली संलकन अभियानमा २२ हजार ८ सय ३६ जना र कार्यालयबाट ६ हजार ४ सय ४२ जना गरी २९ हजार २ सय ७८ जना मतदाता थपिएका हुन् ।
पहिलो चरण अन्तर्गत नरहा, नवराजपुर, औरही गाँ पालिका, गोलजबजार, मिर्चैया, धनगढीमाई, कल्यानपुर, कर्जन्हा नगरपालिकाबाट ११ हजार ११ जना र दोस्रो चरण अन्तर्गत अर्नमा, भगवानपुर, सखुवानन्कारकट्टी, बडियारपट्टी, विष्णुपुर, लक्ष्मीपुरपतारी गाउँ पालिका र लहान, सुखिपुर, कल्यानपुर नगरपालिकाबाट ११ हजार ८ सय २५ जना नयाँ मतदाता थपीएको जिल्ला निर्वाचन कार्यालय सिरहाका निर्वाचन अधिकारी इन्दिरा यादवले जानकारी दिए । जसमध्ये जिल्ला बाहिरका ६ जनाले सिरहाबाट नामवली भरेका छन ।
जिल्ला निर्वाचन कार्यालय सिरहाका निर्वाचन अधिकारी यादका अनुसार जिल्लामा हालसम्म २ लाख १७ हजार ४ सय २१ पुरुष, १ लाख ८९ हजार ५ सय ४८ जना महिला र ३ जना तेस्रोलिङ्गि सहित ४ लाख ६ हजार ९ सय ७२ जना मतदाता पुगेका छन् ।
२०७४ को निर्वाचनमा ३ लाख ३२ हजार ८ सय ९४ जना मतदाता थिए । ०७४ को निर्वाचन पछि पनि निरन्तर मतदाता नामावली संकलन हुँदै आएपनि निर्वाचन कार्यालयले एकमहिनाको विशेष अभियान चलाएको थियो ।
जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालयबाट अझै नावली संकलन कार्या भईरहेको छ ।