मुकेश कुमार यादब / सिरहा २१ पुस । सिरहाको विष्णुपुर गाउँपालिकामा कर्मचारी र जनप्रनिधीकै सेटिङ्गमा ठेक्का लागेको पाइएको छ । पालिकाले गत मंसिर १६ निकालेको विभिन्न निर्माणका सूचनामा सीमित ठेकेदारहरुलेमात्र फर्म दर्ता गराउन पाउनुले यसको पुष्टि गरेको हो ।
फर्म दर्ता गराएका ठेक्केदार कम्पनिसँगको निश्चित कमिशन कर्मचारी र जनप्रतिनिधीहरुसँग लिने सर्तमा फर्म बुझेको ठेकेदारहरुकै आरोप रहेको छ । जुन कम्पनीसगँ बार्गेनिङमा कुरा मिलेन उनीहरुको फाईल प्रशासकिय अधिकृतको टेवलमा पुग्दा समेत दर्ता नगरेको राज कन्ट्रक्सनका प्रतिनिधी लव महतोले बाताए ।
उनलेभने, ‘मैले आफै फाईल लिएर सययमै प्रशासकिय अधिकृतको टेवलमा पुर्याएँ । तर, समय सकेको भन्दै प्रशासकिय अधिकृत रविन्द्र कुमार महतले फर्काइदिनुभयो ।’ फर्काउने क्रममा प्रशासकिय अधिकृत महतले तल साथिहरु छन्, त्यहि वसेर मिलाएर आउनुस् अनि फाईल लिने नलिने भनौंला भन्दै फर्काएको बताए । उनले तल केही ठेकेदारहरु बसेर तालमेल गरिरहेको मैले पछिमात्र थाहापाएँ ।
बिष्णुपुर गाँपाले गत मंसिर १६ गते वडा न ५ लक्ष्मीपुर चौक देखि अर्नामाको सीमासम्मको सडक कालोपत्रे, जमुवाटोल देखि खोरियाटोल हुदै नरहागाँपको सीमा सम्मको सडक स्तरउन्नति र लक्ष्मीपुर देखि थलहाकटहा कालोपत्रे सडक मर्मतकार्यको लागि टेन्डर आव्हान गरेको थियो ।
सोही सूचनाको आधारमा करिव ५० वटा कन्सट्रसनले फर्म खरिद गरेका थिए । प्रति फर्म बुक ३ हजारको दरले खरिद गरेतापनि ५ वटा कन्सट्रसनको मात्र फर्म दर्ता भएको छ ।
गाँपाले प्रकाशन गरेको सुचनामा योजनाको विनियोजित रकम समेत उल्लेख गरेको छैन । सेटिङकै लागि गाउँपालिकाले योजनाको रकम उल्लेख नगरेको जानकाररहरु बताउँछन्
कुनै पनि योजनाको सूचना प्रकाशन गर्दा कामको प्रकृति र त्यसको लागत मूल्य प्रकाशन गर्नुपर्ने प्रावधान छ । तर, पालिकाले प्रावधान मिचेर सेटिङकै लागि रकम उल्लेख गरेका छैनन् ।
तोकिएका योजनाको लागि शिवम कन्सट्रसन, मनी निमार्ण सेवा, आर्दश निमार्ण सेवा , कुशवाहा ब्रोदर्श इनिजिनियर्सले फर्म दर्ता गराएको छ । दर्ता भएका फर्महरुको पनि कागजात पूर्ण नरहेकाले कुन योजना कसलाई परेको भन्ने प्रशासकिय अधिकृतले बताउन चाहेनन् । उनलाई फोनमा सम्पर्कगर्दा आफू कार्यालय बाहिर भएकाले कुन योजना कसलाई परेको हो भन्न सकिने अवस्थामा नरहेको बताए ।