सिरहामा कांग्रेस सभापतिलाई ‘गोली हान्ने धम्की दिएका’ एसपी पाण्डे निलम्बन

    • पुष २१, २०७८
    • ३५८ पटक पढिएको
    • गमक पाेस्ट
    alt

     

    काठमाडौं, २१ पुस ।  सिरहामा कांग्रेस जिल्ला सभापति रामचन्द्र यादवलाई ‘गोली हान्ने धम्की दिएका’  एसपी हीराबहादुर पाण्डेलाई पदबाट निलम्बन गरिएको छ। 

    प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवरका अनुसार प्रहरी प्रधान कार्यालयले मंगलबार विवादित एसपी पाण्डेलाई ३ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको हो। 

    ६ महिनाअघि मात्र सिरहा प्रहरी प्रमुखकाे जिम्मेवारी पाएका एसपी पाण्डेलाई ३ दिनअगाडि प्रहरी प्रधान कार्यालयले हेडक्वार्टर सरुवा गरेकाे छ। यसकाे दाेष कांग्रेसका सिरहा जिल्ला सभापति यादवलाई लगाउँदै एसपी पाण्डेले घरमै गएर गाेली हानेर मार्ने धम्की दिएका थिए। 

    एसपी पाण्डेले भने आफूले कानुनबमाेजिम काम गर्दा विवाद झिकिएकाे दाबी गरेका छन्। 

    एसपी पाण्डे यसअघि जनमत पार्टीका अध्यक्ष सीके राउतसँग पनि विवादमा परेका थिए। उनलाई राउतले जनकारबाही गर्ने धम्कीसमेत दिएका थिए।​

    सिरहा प्रहरी प्रमुखको जिम्मेवारी भने एसपी अर्जुन तिमल्सिनालाई दिइएको छ। 

    लहानबाट पाँच वर्षिय ...

    लहान, १३ बैशख। सिरहा प्रहरीले आफ्नै पाँच वर्षिय छोराको ...

    बजारमा निम्न गुणस्तर ...

      काठमाडौं, १३ बैशाख। काठमाडौँ महानगरपालिकाले च ...

    १६ औँ योजनाले एकीकृत ...

    काठमाडौं, १३ बैशाख।   प्रधानमन्त्री पुष्प ...

    महोत्तरीको मटिहानीमा ...

    बर्दिवास, १२ बैशाख। महोत्तरीको मटिहानी नगरपालिका ६ स्थि ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल