सिरहा,२० पुस । डाक्टर एसोशिएसन अफ माल्दिभ्सले एक कार्यक्रमको आयोजना गर्दै सिरहा नगरपालिका–६ बसपिट्टा बस्ने ३५ बर्षिय गुन्जन गोठियालाई प्राथमिक उपचारका लागि एघार हजार पाँच सय आर्थिक सहयोग गरेको छ ।laxmi-lugadhune-sabun
डाक्टर एसोशिएसन अफ माल्दिभ्सका नेपाल प्रतिनिधि डा.मुकेश यादवले उक्त रकम हस्तान्तरण गरेको हो । ‘यो रकमले रोगको उपचार पुरा हुँदैन्, ‘उनले भने, ‘रोगको पहिचान र प्राथमिक उपचार स्यहारका लागि यो रकम दिइएको हो ।’ रोग पत्ता लागेपछि थप सहयोग गर्ने उनले प्रतिबद्धता जनाए ।
नेपाल बंगलादेश मेडिकल वेलफर सोसाइटीका कोषाध्यक्ष दुर्गेश यादवको सहकार्यमा हस्तान्तरण गरिएको आर्थिक सहयोग कार्यक्रममा समाजसेवी ओमप्रकाश गोइत तथा स्थानीय युवा, जेष्ठ नागरिक लगायतका सरोकारवालाहरुको सहभागीता रहेको थियो । गालामा मासु पलाएर ११ वर्ष देखि गोठिया उपचार नपाएर पिडा झेल्दै आएका छन् ।
‘मासु पलाएको देखिन्छ । आर्थिक अभावमा उपचार नगराएको कुरा बाहिर आउदा हामीले पहल गरेर तत्काल प्राथमिक उपचार स्यहारका लागि रकम व्यवस्था गराएका छौं,’दुर्गेश यादवले भने,‘ठ्याक्कै रोग के हो भन्ने पत्ता लागीसकेको छैन् । मासु पलाएको छ । विषेश जाँच गराएपछि रोग पत्ता लाग्ने हो । रोग पत्ता लागेपछि हामीले थप सहयोगको व्यवस्था गर्ने छौं ।’

pk-farnichar-gbr 1