वीरगञ्ज, १९ पुस । बढ्दै गएको चिसो र शितलहरलाई मध्यनजर गर्दै वीरगञ्ज महानगर पालिकाले ६ हजार ज्येष्ठ नागरिकलाई न्यानो कपडा तथा राहत सामाग्री वितरण गर्ने लक्ष्य लिएको छ ।
वीरगञ्ज महानगर पालिकाको जन कल्याणकारी योजना अन्र्तगत महानगर पालिकाका सबै वडाका ६ हजार ज्येष्ठ नागरिकलाई न्यानो कपडासहित राहत सामाग्री वितरण गरिने नगरप्रमुख विजयकुमार सरावगीले बताए ।
प्रमुख सरावगीका अनुसार एक–एक कम्बल, झुल, छाता, टर्च लगायतका सामाग्रीको प्याकेज बनाएर वितरण गरिनेछ । जसमध्ये वीरगञ्ज महानगर पालिका वडा नम्बर नम्बर १४ बाट अङ्ग्रेजी नयाँवर्षको दिन शनिवारदेखि यो अभियानको शुभारम्भ गरिएको हो । त्यस लगत्तै आइतवार वीरगञ्ज महानगरपालिका वडा नम्बर ७ का ज्येष्ठ नागरिकलाई वितरण गरिएको नगरप्रमुख सरावगीले बताए ।
ज्येष्ठ नागरिक सम्मान कार्यक्रम अन्र्तगत सोमवार वडा नम्बर १२ मा वितरण गरिएको छ । सामाजिक सुरक्षा भत्ता कार्यक्रम अन्र्तगत महानगर पालिकाबाट भत्ता सुविधालिँदै आएका ६ हजार ज्येष्ठ नागरिकलाई न्यानो कपडासहित अन्य सामाग्रीवितरण गरिन थालिएको छ ।