वीरगञ्ज, १९ पुष । वीरगञ्ज महानगरपालिका ३० लालपर्सासम्म पुग्ने सडक जिर्ण हुँदा एम्वुलेन्स समेत पुग्नै नसक्ने अवस्थामा बनेको छ । ६ लेनको सडक खण्ड परवानीपुर ड्राइपोर्टस्थित सर्वाेत्तम स्टिल उद्योगदेखि लालपर्सासम्मको लगभग २ किलोमिटर सडक समयमा बन्न नसक्दा एम्वुलेन्स, दमकल जस्ता अतिआवश्यक सवारिसाधन पुग्दै समस्या हुने गरेको हो ।
करिब ८ वर्ष अगाडी पिच भएको सडक अहिले पुर्ण रुपमा जिर्ण बन्दा पैदलयात्रु तथा सवारी साधनहरुले सास्ती खेप्नु परीरहेको स्थानीय स्वास्थ्यचौकीका स्वास्थ्यकर्मी अनिशकान्त कुश्वाहले बताए ।
ग्रामिण वडाहरुको लाईफलाईनको रुपमा रहेको उक्त सडकखण्डको दुरावस्थाकाकारण दैनिक सयौँ यात्रुहरु समस्यामा छन् ।
थोरै वर्षा हुने बित्तिकै हिलाम्यहुने र हिउँदयाममा धुलोकाकारण दैनिक सयौँ जनताको दैनिकी प्रभावित हुने गरेको छ । विद्यालयका बसदेखि एम्बुलेन्सकोसमेत आवागमनहुने सडक खण्ड जिर्ण भएकै कारण ढिलाईसमेत हुने गरेको स्थानीय बिक्किराज पटेल बताउँछन् ।
सडक जिर्ण बनेको विषयमा आफु पनि चिन्तीत रहेको बताउँदै वडा नम्बर ३० का वडाअध्यक्ष अमानत मियाँ अन्सारीले सडक मर्मतकालागि प्रयासरत रहेको बताए । वडाअध्यक्ष अन्सारीले महानगर प्रमुख विजयकुमार सरावगीसँग भेटेर समस्याको बारेमाजा नकारी गराउँदा उहाँबाट पनि सकरात्मक आश्वासन पाएको बताए ।
यसअघि बिग्रिएको ज्योतिपुरको सडक आफुले मर्मत गराएको बताउँदै वडा अध्यक्ष अन्सारीले लालपर्सासम्मको सडक पनि मर्मत गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।