जनकपुर, १६ पुस । पोषणको उचितच ज्ञान नहुँदा प्रदेश नंं २ मा कुपशणको समस्या देखिएको मुूख्यमन्त्री लालबाबु राउतले बताएका छन् । राष्ट्रिय पोषण तथा खाद्य सुरक्षा समन्वय समितिले आज जनकपुरमा आयोजना गरेको ‘बहुक्षेत्रीय पोषण योजना’ सम्बन्धि प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले अन्नको भण्डार भनेर चिनिने प्रदेशका बालबालिका कुपोषणको शिकार हुनु पोषणको उचित जानकारीको आभाव प्रमुख कारण रहेको बताएका हुन्
अन्नको भण्डार मात्र नभई, दुध, फलफुल लगायतका खाद्य सामग्रीको पर्याप्तता हँुदा हुँदै उपयोग सम्बन्धि जानकारीको आभावमा बालबालिका कुपोषणको शिकार हुनु दुखद रहेको बताए ।
पोषण सम्बन्धि प्रदेशमा संचालित कार्यक्रमहरु व्यवहारमा उत्रिन नसकेको प्रति चिन्ता व्यक्त गर्नु हुँदै मुख्यमन्त्री राउतले पोषण सम्बन्धि कार्यक्रमलाई जनस्तर सम्म पु¥याउन सरोकारबलाहरुलाई निर्देशन समेत बताए ।
उनले,‘ पोषण सम्बन्धी तथ्यांकहरुले प्रदेशको अवस्था सुधारोन्मुख रहेको देखाएपनि सन्तोषजनक छैन । कार्यक्रममा तिब्रता ल्याउनुस । ‘राष्ट्रिय योजना आयोगका सदस्य डा. उमाशंकर प्रसाद साहको अध्यक्षतामा भएको उक्त कार्यक्रममा योजना आयोगका सहसचिव डा. किरण रुपाखेती, पोषण कार्यक्रम निर्देशक लक्ष्मी घिमिरे, पोषण शाखा प्रमुख लिला विक्रम थापा, संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयका सह सचिव बसन्त अधिकारी, प्रदेश नीति आयोगका दानीकान्त झा सहितले पोषणको अवस्था बारे प्रस्तुती गरेका थिए ।
कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा, प्रदेश सभा सदस्य प्रमिला दास, शारदा थापा, सरस्वति चौधरी, संविधान सभा सदसय डा. विजय कुमार सिंह सहितको सहभागिता रहेको थियो ।