गोलबजार गोल्डकपको उद्घाटन खेलमा बर्दिवास विजयी

    • पुष १५, २०७८
    • ६९६ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, १५ पुस । राजदेवी युवा क्लब गोलबजार ३ को आयोजनामा सञ्चालित प्रथम गोलबजार गोल्ड कपको आज भएको उद्घाटन खेलमा आयो गोर्खाली क्लब बर्दिवास महोत्तरी विजयी भएको छ । प्रतिभा क्लब गोलबजार र आयो गोर्खाली बर्दिवास क्लब बिच भएको प्रतिस्पर्धात्मक खेलमा बर्दिवास २ को विरुद्ध ३ गोलले विजयी भएको हो ।
    प्रथम हापमा २ गोल गरेका गोलबजारलाई उछिन्दै बर्दिवास ३ गोल गर्दै विजयी भएको आयोजकले जनाएको छ ।
    आजबाट सुरु भएको फूटवल टुर्नामेन्टमा ८ टिम सहभागी रहेने आयोजकले जनाएको छ । भोलीको खेल गोलबजार स्पोटर्स क्लव र उदयपुरको कटारी स्पोटर्स क्लवविच हुने क्लवका अध्यक्ष सूर्यनारायण साहले जानकारी दिए ।
    खेलको उद्घाटन गर्दै गोलबजार नगरपालिकाका प्रमुख देवनाथ साहले यस्ता खालका प्रतियोगिताहरुले युवापुस्तालाई सहि बाटोमा डोर्याउने बताए । उनले यहि खेलहरुबाटै प्रदेश तथा राष्ट्रिय खेलाडीहरुको उत्पादन हुने जनाए ।
    प्रतियोगितामा प्रथम समूहलाई ५१ ह्जार र दोस्रो हुने टिमलाई ३१ हजार नगद र ट्रफि प्रदान गरिने जनाएको छ । प्रतियोगिताको सह–प्रायोजन भुमिजा हस्पिटल एण्ड टेक्निकल डेभलपमेन्ट सेन्टर गोलबजारले गरेको छ ।

    मुक्त हरवाचरवालाई उद ...

    जनकपुरधाम, ८ वैशाख। मधेश प्रदेशका भूमि व्यवस्था, कृषि त ...

    फिल्म ‘पूजार सार्की’ ...

    काठमाडौं, ८ बैशाख। दिनेश राउतको निर्देशनमा बने ...

    सहर फोरह गरेको भन्दै ...

    काठमाडौ, ७ बैशाख। काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्र ...

    धनगढीमाईका निजी स्रो ...

    सिरहा, ७ बैशाख। धनगढीमाई नगरपालिकामा कार्यरत निजी स्रोत ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल