सिरहा, १३ पुस । जिल्ला प्रशासनले भोली बुधबारको लागि जारी गरेको निशोधाज्ञा फिर्ता लिएको छ । प्रशासनले पूर्वपश्चिम राजमाग र चोहर्वा–सिरहा सडकको पाँच सय वरपरक्षेत्रमा लगाएको निशेधाज्ञा फिर्ता लिएको हो । जनमत पार्टीले १३ र १४ गते गरेको बन्दआव्हानलाई निस्तेजपार्न निषेधाज्ञा जारी गरेको थियो ।
निशेधज्ञाका कारण जनजीवन प्रभावित बनेको थियो ।
गत पुस ६ गते औरही गापाले भण्डारण गरेको गहुँ किसानले लुटेको आरोपमा किसानहरु पक्राउ परेपछि जनमत पार्टीले विरोध र बन्द हडतालको कार्यक्रम गर्दै आएको छ । बन्दकर्ताले आईतबार बन्द अवज्ञा गरेको भन्दै एउटा ट्रकमा आगजानी गर्नुको साथै दर्जनौं सवारीसाधन तोडफोड गरेका थिए ।
आन्दोलन उग्र बनेपछि प्रशासनले २ दिनको लागि निशेधाज्ञा जारी गरेको थियो ।

nisedhagya