वीरगञ्ज, १३ पुस । । पर्सा प्रहरीले प्रतिवन्धित लागुऔषध सहित एक युवकलाई पक्राउ गरेको छ । विशेष सुचनाको आधारमा प्रहरीले वीरगञ्ज महानपा १५ बाट महानपा १३ मुर्लिका १९ वर्षिय विक्रम सर्राफलाई विभिन्न नामका एक हजार ५० एम्पुल लागु औषध सहित आज विहान नियन्त्रणा लिएको हो ।
पैदल हिडिरहेका उनलाई शंका लागि चेकजाँच गर्दा उनको साथबाट ३ सय ५० एम्पुल नुरफिन, ३ सय ५० एम्पुल डाइजीपाम र ३ सय ५० एम्पुल फेनारगण बरामद गरिएको पर्सा प्रहरीले जनाएको छ ।
पक्राउ परेका सर्राफलाई आगु औषध मुद्दामा आजै म्याद थप गरी आवश्यक अनुसन्धान थालिएको बताएको छ ।