एएफसी कप खेल्न मछिन्द्रलाई बाटो खुला, फ्रेन्ड्सलाई रेलिगेशनको चिन्ता

    • पुष १३, २०७८
    • ३२६ पटक पढिएको
    • न्युज कारखाना

    रमेश सुवेदी 

    काठमाडौं, १३ पुस ।  पाँचौँ चरणसम्म एएफसी कप खेल्न शीर्ष स्थानमा आफ्नो पकड बनाएको मनाङ मर्स्याङ्दी क्लब मछिन्द्र फुटबल क्लबसँग पराजित हुँदा सहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा गुमायो । 

    शनिबार बल पोसेसन र आक्रमणमा मछिन्द्रभन्दा बढी प्रभाव जमाएको मनाङ अन्तिम समयमा सेट पिसको सिकार बन्याे । सुनील बलको आकर्षक फ्री किक गोल मद्दतमा मछिन्द्रले मनाङमाथि  १-० को जित निकाल्दै शीर्ष स्थानमा आफ्नो कब्जा जमायो । 

    शीर्ष स्थानमा कब्जा जमाउनुको महत्व छुट्टै छ । शीर्ष डिभिजन लिगको छैटौं चरणको खेल सकिएको छ । सोमबारको एक खेलसँगै छैटाैँ चरणको खेल सकिएको हो । यस पटक लिग जित्ने टोलीभन्दा पनि सातौं चरणमा शीर्ष स्थानमा रहने टोली एएफसी कप-२०२२ खेल्न छनोट हुनेछ । 

    एएफसी कप खेल्न एएफसी लाईसेन्स अनिवार्य हुनुपर्छ । त्यसका लागि मनाङ र मछिन्द्रसँगै विभागीय टोलीहरू त्रिभुवन आर्मी फुटबल क्लब र एपीएफ फुटबल क्लबले मापदण्ड पूरा गरेका छन् । 

    आर्मी र एपीएफले एएफसी छनोटबाट हात झिकिसकेका छन् । एएफसी छनोटमा मनाङ र मछिन्द्रलको लडाइँ छ । छैटौं चरणको जितले मछिन्द्रले सम्भावना बढाएको छ ।

    यता, मनाङको भने अंक गणितीय सम्भावना मात्र बाँकी छ । यदि सातौं चरणमा मछिन्द्र नेपाल पुलिस क्लबसँग पराजित भए र मनाङले ब्रिगेड ब्वाईज क्लब (बीबीसी)लाई पराजित गरे मात्र मनाङको सम्भावना रहन्छ । 

    जारी शीर्ष डिभिजन लिगमा मछिन्द्र १४ अंकसहित शीर्ष स्थानमा छ । यता, १३ अंकसहित मनाङ दोस्रो स्थानमा छ । १२ अंकसहित संकटा तेस्रो स्थानमा रहँदा आर्मी १० अंकसहित चौथो स्थानमा छ । समान ८ अंकका सातदोबाटो र हिमालयन शेर्पा पाँचौ र छैटौं स्थानमा छन् । 

    समान ७ अंकको थ्री स्टार, न्युरोड टिम एनआरटी र जावलाखेल क्रमशः सातौँबाट नवौं स्थानसम्म छन् । यता, ६ अंक बनाएको पुलिस १० औंस्थानमा छ भने समान ५ अंकका एपीएफ र बीबीसी ११ र १२ औं स्थानमा छ । चार अंकको च्यासल र तीन अंंकको फ्रेण्ड्स भने रेलिगेशन जोनमा छन् । 

    जारी लिगमा ६ चरणसम्म तीन अंक बनाएको फ्रेण्ड्सलाई भने रेलिगेशनको चिन्ता छ । खराब प्रदर्शनलाई निरन्तरता दिएको फ्रेन्ड्स लिगको इतिहासमा पहिलो पटक रेलिगेशन पर्ने संघारमा छ । 

    समग्रतामा छैटाैँ चरणमा १६ गोल निस्किए । एपीएफ र एनआरटीको खेलमा लिगकै सर्वाधिक ६ गोल भए । खेल भने नतिजाविहीन रह्यो । यता, शेर्पाले समेत च्यासलविरुद्ध ३-१ को ठूलो जित पायो । दुई खेलमात्र गोलविहीन रहे । 

    अब, सातौँ चरणको खेल शुक्रबारबाट सुरू हुनेछ । ६ खेल दशरथ रंगशालामा हुँदा एक खेल पोखरा रंगशालामा हुनेछ । 

    छैटौँ चरणको नतिजा 

    एपीएफ फुटबल क्लब ३-३ न्यरोड टिम एनआरटी

    नेपाल पुलिस ०-० फ्रेण्ड्स

    हिमालयन शेर्पा क्लब ३-१ च्यासल युथ क्लब

    मनाङ मर्स्याङ्दी क्लब ०-१ मछिन्द्र फुटबल क्लब 

    संकटा क्लब ३-० ब्रिगेड ब्वाईज क्लब

    थ्री स्टार क्लब ०-० त्रिभुवन आर्मी फुटबल क्लब

    सातदोबाटो युथ क्लब ०-२ जावलाखेल

    मधेश प्रदेशमा तीन मन ...

    जनकपुरधाम, ६ बैशाख। मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमा ...

    देशभरीका ३२ लाख बालब ...

    काठमाडौं, ६ बैशाख। सरकारले आज र भोलि (वैशाख ६ र ७ गते) ...

    वैवाहिक बन्धनमा बाँध ...

    काठमाडौं, ५ बैशाख। गायिका एलिना चौहान प्रेमी विष्णु साप ...

    शिक्षक–प्रधानध्यापक ...

      बिशाल बस्नेत महोत्तरी, ५ बैसाख। बल्वा नगरप ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल