वीरगञ्ज, १० पुष । भन्सार छली नेपाल भित्र्याएको २५ लाखमूल्य बराबरको सामाग्रीसहित पर्सा प्रहरीले एक जनालाइै पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका ८ घण्टाघर सडकखण्डमा चेकजाँचको क्रममा ना.३ ख ७४८ नम्बरको मिनी ट्रकमा बिलबिजक देखाउन नसकेपछि सामाग्रीसहित मिनी ट्रक नियन्त्रणमा लिइएको हो ।
लत्ताकपडा तथा खुद्रा सामाग्रीसहित मकवानपुरको हेटौडा उपमहानगरपालिका १० निवासी ३७ वर्षीय (चालक) प्रेम बहादुर स्याङ्बो तामाङ्लाई पक्राउ गरिएको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।
खनालका अनुसार पक्राउ परेका तामाङ्विरुद्ध राजस्व छली सम्बन्धी कसूरमा आवश्य अनुसन्धान थालिएको जनाएको छ ।