सिरहा, १० पुस । सिरहामा ट्याक्टर पल्टेर पोखरीमा पस्ता चालकको मृत्यु भएको छ । सिरहाको विष्णुर गापा १ खोरियामा ट्याक्टर अनियन्त्रित भई पल्टेर पोखरीमा पस्दा सिरहाकै कर्जन्हा नपा १० प्रयागपुरका चालक मनोज कुमार महतोको मृत्यु भएको हो ।
ट्याक्टर पुरै पानिमा छोपिएकाले नम्वर अझै खुल्न नसकेको प्रहरीले बताएको छ । खाली ट्याक्टरमा एक्लै रहेकाले उनी किन यता आयको भन्ने खुल्न नसकेको इलाका प्रहरी कार्यालय विष्णुपुरले जनाएको छ ।
शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल सिरहा लाने तयारी भईरहेको बताइएको छ । घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

pk-farnichar-gbr 1