काठमाडौं, ९ पुस। निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन वैशाख १४ गते गर्न सरकारलाई सिफारिस गरेको छ । आन प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्रीहरुसँगको छलफलमा आयोगले सबै स्थानीय तहको निर्वाचन एकै पटक १४ वैशाखमा गर्न प्रस्ताव गरेका हुन्।
कुनै कारण बस एकै दिनमा निर्वाचन गर्न सम्भव नभए १४ र २२ वैशाखमा गर्न सकिने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए । निर्वाचन आयोग चुनावका लागि तयार अवस्थामा रहेको बताइएको छ ।

pk-farnichar-gbr 1